Friday, October 9News That Matters

खेलकुद

अव छोरीको पालो भलिवलमा नमुना मावि विजयी

अव छोरीको पालो भलिवलमा नमुना मावि विजयी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि सम्वाददाता असोज १९ । गाईघाट त्रियुगा नगरपालिका १६ स्थित श्री माद्यामिक बिद्यालय भोर्लेको आयोजनामा ‘अब छोरीको पालो’ भन्ने मूल नाराका साथ वडा दसैँ तथा दीपावलीको अवसरमा आयोजित अन्तरविद्यालय यू–१६ छात्रा भलिबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ । असोज १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ९ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा त्रियुगा नमुना माध्यमिक विद्यालयले उपाधि जित्दै नगद ३० हजार रुपैयाँ र ट्रफी हात पारेको छ । त्यस्तै माध्यमिक विद्यालय भोर्ले उपविजेता बन्दै नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा नमुना माध्यमिक विद्यालय भलायडाँडा तेस्रो स्थानमा रहँदै नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्न सफल भएको छ । प्रतियोगिताको सर्वोउत्कृष्ट रुस्मा अछामी, सर्वोउत्कृष्ट सेटर ख््राष्टिना राई,सर्वोउत्कृष्ट सर्भर निशा श्रेष्ठ, सर्वोउत्कृष्ट लिब्रो मेलिसा रा...
एलेभेन स्टार च्यालेन्जको उपाधि गाईघाट युनाइटेड एफसीलाई

एलेभेन स्टार च्यालेन्जको उपाधि गाईघाट युनाइटेड एफसीलाई

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि / उदयपुर, ११ असोज । उदयपुरमा जारी एलेभेन स्टार च्यालेन्ज कप–२०८३ को उपाधि गाईघाट युनाइटेड एफसीले जितेको छ। त्रियुगा नगरपालिका–१० बोक्सेमा शनिबार सम्पन्न फाइनल खेलमा गाईघाट युनाइटेड एफसीले सलिना स्पोर्ट्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतिस्पर्धात्मक फाइनलमा गाईघाट युनाइटेडका लागि दिलीप राई, चुडा मगर र सुनील खड्काले एक–एक गोल गरे। यस्तै, सलिना स्पोर्ट्सका पृथ्वी मगर र निश्चल आलेले एक–एक गोल गरे। प्रतियोगितामा उदयपुरका विभिन्न क्षेत्रबाट ८ टोलीको सहभागिता रहेको थियो। फाइनलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गाईघाट युनाइटेडले तीन गोल गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। प्रतियोगितामा दिलीप राई सर्वाधिक गोलकर्ता, रोशन मगर उत्कृष्ट गोलकिपर, रिक्की थापा मगर उत्कृष्ट मिडफिल्डर र चुडा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए। यस्तै, विशाल राई उत्कृष्ट प...
प्रदेशस्तरीय ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगितामा उदयपुर च्याम्पियन

प्रदेशस्तरीय ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगितामा उदयपुर च्याम्पियन

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि संवाददाता /असोज ६ । उदयपुर विराटनगरमा 'विराटनगर किङ्स'को आयोजनामा सम्पन्न प्रदेशस्तरीय ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगितामा उदयपुर विजेता बनेको छ। प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर लगायतका जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो। उदयपुरले प्रतियोगिताका चारवटै खेलमा लगातार जित हात पार्दै उपाधि आफ्नो नाममा गरेको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उदयपुरले चार खेलमा चारै जित निकालेर विजेता बन्न सफल भएको आयोजकले जनाएको छ।...
एलेभेन स्टार च्यालेन्ज कपमा डिडिवाइसी बेल्टारको शानदार सुरुवात

एलेभेन स्टार च्यालेन्ज कपमा डिडिवाइसी बेल्टारको शानदार सुरुवात

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/असोज ३, २०८३ । उदयपुर गाईघाट । त्रियुगा नगरपालिका–१० मा एलेभेन स्टार फुटबल क्लबको आयोजनामा स्वर्गीय खेलाडीहरूको स्मृतिमा दोस्रो एक्सट्रिम एलेभेन स्टार च्यालेन्ज कप–२०८३ शनिबारदेखि सुरु भएको छ। नाइन–ए–साइड नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा डिडिवाइसी बेल्टारले सिसवारी युथ क्लब सप्तरीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। डिडिवाइसीका जर्सी नम्बर १० कासचिन खड्काले ह्याट्रिक गरे भने अनिस बस्नेतले एक गोल थपे। सिसवारी युथ क्लबका लागि अर्जुन राणा मगरले एक गोल फर्काए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका डिडिवाइसी बेल्टारका कासचिन खड्का म्यान अफ द म्याच घोषित भए। उनले पुरस्कारस्वरूप नगद १ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताअन्तर्गत भोलि गाईघाट युनाइटेड र रौतामाई स्पोर्ट्स क्लब, मुरकोचेबीच दोस्रो क्वाटरफाइनल खेल दिउँसो ३ बजे हुने आयोजकल...
कोरियामा नेपाली युवाहरुले गराए ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता

कोरियामा नेपाली युवाहरुले गराए ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि संवाददाता दक्षिण कोरिया / २ भदौ २०८३ । नेपाली ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको आयोजनामा सम्पन्न ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता २०२६ मा ए लेभल तर्फ किरण भण्डारी/ईश्वर क्षेत्री प्रथम, धुर्व गुरुङ/खिम केसी द्वितीय तथा नवीन कार्की/बचन सेन तृतीय भए । बी लेभल तर्फ प्रशान्त पुन/दिलराज क्षेत्री प्रथम, विकास तामाङ/विवेक भट्टराई द्वितीय तथा तेज आले/तेजु गुरुङ तृतीय भए । त्यस्तै, सी लेभलमा लुकेन्द्र फौजा मगर/माधव अर्याल प्रथम, प्रिन्स भारती/लक्ष्मण श्रेष्ठ द्वितीय तथा दीपेन्द्र/मोहन लिम्बु तृतीय भए। महिला विधातर्फ रेणु लामा/जुनु मगर प्रथम, शर्मिला थापा मगर/कल्पना पुन द्वितीय तथा एनविन थापा/सजना महर्जन तृतीय भए । आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने  अतिथि, संघ–संस्था, क्लब, खेलाडी तथा शुभेच्छुकप्रति आभार प्रकट गरेको छ । प्रतियोगिताका प्रमुख अतिथि एनसीसीका अध्यक्ष हर्...
नौलोपथ ब्याडमिन्टन क्लवको प्रतियोगिता सम्पन्न

नौलोपथ ब्याडमिन्टन क्लवको प्रतियोगिता सम्पन्न

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि संवाददाता धरान, साउन ३० । नौलो पथ ब्याडमिन्टन क्लव, धरान -१५ को आयोजनामा शनिबार पुरुष तथा महिला डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुष तथा महिला डबल्सतर्फ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। पुरुष डबल्सतर्फ नागेन्द्र राई र मनजित राईको जोडी विजेता बनेको छ। राजन राई र तुफान राईको जोडी उपविजेता बने। त्यसैगरी महिलातर्फ सोनी मगर र मिना मगरको जोडी विजेता तथा बिमला राई र आशिका राईको जोडी उपविजेता बनेका छन् । प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई समापन समारोहका बीच पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । आयोजक कमिटीका मनिष मगरका अनुसार खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, विजेता तथा उपविजेताहरूलाई बधाई दिँदै आगामी दि...
Greater Nepal Badminton Tournament 2026 को टाई–शीट र नियम सार्वजनिक

Greater Nepal Badminton Tournament 2026 को टाई–शीट र नियम सार्वजनिक

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि सम्वाददाता दक्षिण कोरिया, साउन  २९  । नेपाली ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको आयोजनामा हुने Greater Nepal Badminton Tournament 2026 को विभिन्न विधा तथा लेभलका टाई–शीट र प्रतियोगिताका नियमहरू सार्वजनिक गरिएको छ। आयोजकका अनुसार सार्वजनिक गरिएको टाई–शीटमा खेलाडीहरूको नाम, जोडी, समूह तथा खेल समयलगायतका विवरण समावेश छन्। प्रतियोगितामा सहभागी सबै खेलाडीलाई आफ्नो नाम, जोडी, समूह र खेल समय ध्यानपूर्वक जाँच गरी आवश्यक तयारी गर्न अनुरोध गरिएको छ। त्यसैगरी, प्रतियोगितालाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्न तयार पारिएका नीति तथा नियमहरू पनि सार्वजनिक गरिएको आयोजकले जनाएको छ। खेलाडीहरूले प्रतियोगितामा सहभागी हुनुअघि ती नियमहरू ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरिएको छ। टाई–शीट तयार गर्ने क्रममा नाम, समय, जोडी, समूह वा अन्य विवरणमा अनजाने रूपमा कुनै त्रुटि वा प्राविधिक ...
नेपाली खेलाडीहरुले दक्षिण कोरियामा ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता–२०२६’ आयोजना गर्दै

नेपाली खेलाडीहरुले दक्षिण कोरियामा ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता–२०२६’ आयोजना गर्दै

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/सोल (दक्षिण कोरिया), साउन १२ । बैदेशिक राेजगारीकाे सिलसिलामा दक्षिण कोरियामा रहेका नेपाली समुदायका ब्याडमिन्टन खेलाडीहरुबीच ब्याडमिन्टन प्रतियाेगिता भब्यरुपले हुने भएकाे छ । खेलकुदमार्फत एकता, स्वास्थ्य र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता–२०२६’ आयोजना हुने भएकाे हाे । नेपाली ब्याडमिन्टन कमिटी दक्षिण कोरिया (स्थापना–२०२२) को आयोजनामा २०२६ अगस्ट १६ (आइतबार) ग्योङ्गी–दोको ओसान–सी, याङ्सान–म्योनस्थित याङ्सान इनडोर जिम्नेसियम मा प्रतियाेगिता सञ्चालन हुने आयोजक कमिटिका उपाध्यक्ष निकेश आले मगरले बताउनुभयाे । प्रतियोगितामा पुरुषतर्फ A, B र C लेभल डबल्स तथा महिलातर्फ खुला डबल्स विधामा प्रतिस्पर्धा गराइनेछ । पुरुषतर्फ टोली दर्ता शुल्क ₩100,000 (लगभग नेपाली दश हजार पाँचसय रुपैया) निर्धारण गरिएको छ भने महिला खुला डबल्समा निःशुल्क सहभागिता रहनेछ...
फिफा विश्वकप २०२६ को फाइनल नेपाल टेलिभिजनबाट निःशुल्क प्रसारण हुने

फिफा विश्वकप २०२६ को फाइनल नेपाल टेलिभिजनबाट निःशुल्क प्रसारण हुने

Breaking News 2, खेलकुद, समाचार
काठमाडौं/असार ३ । फिफा विश्वकप २०२६ को फाइनल खेल नेपाल टेलिभिजनले निःशुल्क प्रसारण गर्ने भएको छ । नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट सोमबार बिहान १२ः४५ बजे हुने फाइनल खेल प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले फाइनल खेल एनटिभी प्लसमार्फत निःशुल्क हेर्न सकिने जानकारी दिएका छन्। यसअघि विश्वकपका खेलहरू हेर्न दर्शकले सदस्यता ९सब्सक्रिप्सन० शुल्क तिर्नुपर्ने व्यवस्था थियो। तर फाइनल खेल भने सबै दर्शकले निःशुल्क हेर्न पाउने भएका छन्। सरकारले फाइनलसँगै विश्वकपका केही अन्य खेलसमेत निःशुल्क प्रसारण गर्ने घोषणा गरेपछि विश्वकप प्रसारण अधिकारका लागि करिब ५ करोड रुपैयाँ खर्च गरेको रेडबुल मिडियाको लगानीबारे पनि विभिन्न तहमा चर्चा सुरु भएको छ।...
यस पटककाे “गाईघाट रन” सुनमाया बुढाको सम्मान र समर्पण

यस पटककाे “गाईघाट रन” सुनमाया बुढाको सम्मान र समर्पण

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, असार २७ । उदयपुरको सदरमुकाम गाईघाटमा आज भएको गाईघाट रनको दोस्रो संस्करण नेपाल र नेपालीलाई दौडबाट चिनाउन सफल नेपाली साहसी चेली सुनमाया बुढाको सम्मान र समर्पण गरिएको छ । दिगो पर्यटन, स्वस्थ्य जीवन र प्रकृती संरक्षणका लागि समुदायलाई क्रियाशिल बनाइराख्ने उद्देश्यले गत महिनादेखि थालनी भएको गाईघाट रन यो पटक इटालीमा सम्पन्न १२० किलोमिटर ट्रेल रेसमा प्रथम भएकी बुढाको सम्मानमा समर्पण गरिएको हो । दौडलाई नै आप्mनो जीवनको महत्वपूर्ण लक्ष बनाएकी बुढालाई साहस, समर्पण र सफलताको प्रतिकको रुपमा चर्चा गर्दै यो पटकको गाईघाट रन उनकै नाममा गरिएको गाईघाट रन ब्यवस्थापन टोली सदस्य जितेन्द्र रोइलाले बताए । उनका अनुसार उदयपुरमा दौड संस्कारको रुपमा विकास गर्ने उद्देश्यले हरेक महिनाको अन्तिम शनिबार दौड आयोजना हुन्छ । गाईघाटको मुख्यचौकबाट सुरु हुने दौड बोक्से–करमगाछी–ढिम्की हुदै पुनः गाईघाटचौकमा...