Friday, August 14News That Matters

खेलकुद

राजबास व्याड्मिन्टनमा संजय र बालकुमारको जोडी प्रथम

राजबास व्याड्मिन्टनमा संजय र बालकुमारको जोडी प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १३ गते । राजाबास ब्याड्मिन्टन समुहको आयोजना र त्रियुगा नगरपालिका वडा नं. ९ को सहयोगमा राजाबास, दिपुटोलमा भएको व्याड्मिन्टन प्रतियोगितामा संजय बस्नेत र बालकुमार बुढाथोकीको जोडीले प्रथाम स्थान हाँसिल गरेको छ । आयोजक समुहका अध्यक्ष राजकुमार दनुवारका अनुसार बिहिबार भएको फाईनल खेलमा ओमराज बुढाथोकी र ज्ञानेन्द्र दनुवारको जोडीलाई पछि पार्दै उक्त जोडीले प्रथम स्थान हाँसिल गरेको हो । ओमराज र ज्ञानेन्द्रले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । तेस्रो स्थानमा पूर्णराज श्रेष्ठ र पुष्पराज श्रेष्ठको जोडी र जिवनकुमार दनुवार र लक्ष्मण दनुवारको जोडी सफल भए । वडादशै, दिपावली र छठपर्व २०७४ को अवसरमा आयोजित मेन्स डबल्स प्रतियोगिताका विजयी प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ७ हजार, ५ हजार, २ हजारका दरले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ठ खेलाडी पूर्णराज श्रेष्ठ, ...
व्याड्मिन्टन कवर्डहल निर्माण हुदै

व्याड्मिन्टन कवर्डहल निर्माण हुदै

खेलकुद
उदयपुर–गाईघाट (बोक्से)मा नवनिर्मित व्याड्मिन्टन कवर्डहलको छानोमा ट्रष्ट लगाउने काम सकिएको छ । दुईओटा कोटसहितको निर्माणाधिक कवर्डहलको छानोमा फलामे ट्रष्ट लगाउने काम सकिएको हो । नेपाल सरकारको खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, जिल्ला समन्वय समिति र स्थानीय खेलाडी तथा खेलप्रेमी व्यक्तिहरुको सहयोगमा जिल्ला व्याड्मिन्टन संघले कवर्डहल निर्माण गर्दै आएको हो । ट्रष्ट लगाईसकेपछि टिनको छानो र बेराधेरा गरी कवर्डहल तयार गरिने निर्माण समितिका अध्यक्षसमेत रहेका संघका अध्यक्ष राजेश कार्कीले बताउनुभयो । यसअधि नै कवर्डहलको तल्लो भागमा गाह्रो लगाउने, सम्याउने काम भइसकेको छ । कवर्डहल निर्माणका लागि खेलकुद परिषदबाट ५ लाख, जिल्ला समन्वय समितिबाट ३ लाख र अन्य विशिष्ट, बरिष्ठ र आजीवन सदस्यता शुल्कवापत संकलन गरेर आर्थिक जुटाउने काम भइरहेको निर्माण समितिका सचिव दिपक राईले पूर्णपुष्टिलाई बताउनुभयो ।...