
बगाहामा कार्तिक ३ देखी स्व. कैलास राई स्मृति फुटवल प्रतियोगिता हुने
पूर्णपुष्टि, १ कार्तिक ।
दोस्रो स्वर्गिय युवाराज (कैलाश) राई स्मृति फुटवल प्रतियोगिता यहि कार्तिक ३ गतेबाट सुरु हुने भएको छ । बगाहा युवा समूहको आयोजनामा बगाहा खेलमैदान स्थित शनिवारदेखी प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सिराहा सिन्धुली लगायत ख्याति प्राप्त ८ ओटा टिमले सहभागी जनाउने छ । उक्त टिमबारे आयोजकले टाईसिटनै सार्वजानिक गरिसकेको छ । त्रियुगा नगरपालिका ४ बगाहा निवासी स्व. कैलाश राई युवाहरु प्रति लोकप्रिय फुटवल खेलाडी थिए । फुटवलमा रुची राख्ने राईको कामको शिलशिलामा करेन्ट लागी मृत्यु भएको थियो । राईको खेल इच्छा र आफ्नो ठाउँमा खेलाडी उत्पादन सँगै फुटवल प्रतिको योगदान स्वरुप गत बर्षबाट प्रतियोगिता सुरु गरिएको थियो । सोही अनुसार प्रतियोगितालाई निरन्तरता दिन दोस्रो प्रतियोगिता तयार भएको छ । प्रतियोगिताको बिजेता टोलीले ५१ हजार र दोस्रोले ३१ हजार नगदसहित सिल्ड र प्रमाण पत्र पाउनेछ ।...