
पूर्णपुष्टि, ११ असोज ।
त्रियुगा नगरपालिका १६ र १५ पहाडी वडामा पर्छ । यस वडामा भौगोलिक असहजताका कारण जनताहरुलाई चाहेजति सुविधा दिन चुनौती छ । तर त्रियुगा गनरपालिका वडा नं १६ को पहल कदमीमा वडाकै बिकट मानिने रातापानीलाई बरुवा डहर सित जोडाउन सफल भएको छ । वडाको निकै अग्लो बिकट ठाउँमा निर्माण भएको झोलुङ्गे पुलले त्यहाँका स्थानीयहरुलाई आवतजावतमा सहज भएपछि उनिहरु खुसि छन् ।

बिहिबार निर्माण भएको पुललाई त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गर्दै औपचारिक संञ्चालनमा ल्याएको हो । वडा अध्यक्ष मान वहादुर राईका अनुसार उक्त पुलले १६ नं को रातापानी, सिम्ले, आहाले लगायतका स्थानबाट सहजै १५ नं वरुवा डहर लगाएतको गाउँ सम्म पुगन सहज बनाएको छ । बरुवा खोला रातापानी बरुवा डहर झोलुङ्गे पुलले आसपासको स्थानीयवासीलाई मात्रै हैन १६ र १५ नं वडालाई समेत सहज जोडेको अध्यक्ष राईले जनाए ।
