बाढीपीडितका लागि वाईसीएलको होल्डिङ सेन्टरलाई द. कोरिया लगायत विभिन्न देशका नेपाली युवाहरूबाट ४ लाख ८३ हजारको राहत सामग्री सहयोग
पूर्णपुष्टि सम्वाददाता
उदयपुर, भदौ २२ ।
गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नागरिकका लागि वाईसीएल नेपालले सञ्चालन गरेको होल्डिङ सेन्टर तथा सामूहिक मेसलाई ४ लाख ८३ हजार ३ सय ७२ रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको छ ।
बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा देश–विदेशमा रहेका नेपाली तथा डिजिटल प्लेटफर्म टिकटकमार्फत जोडिएका सहयोगीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी वाईसीएलसँग समन्वय गरेर राहत सामग्री उपलब्ध गराएको किराती राष्ट्रिय मुक्तिमोर्चा का केन्द्रीय सदस्य सुरज किरातीले जानकारी दिनुभयो ।
सहयोगमा दाल, चामल, नुन, तेल, ग्यास, लत्ताकपडा लगायत होल्डिङ सेन्टरमा आवश्यक सामग्री रहेको राईले बताउनुभयो । आर्थिक चन्दा लगायत सरकारको एकद्वार प्रणालीद्वारा सहयोग पठाइएको भएपनि पीडितसम्म तत्काल पुर्याउनका लाग जिन्सी सहयोग गरिएको बताइएक...









