उदयपुरमा तीन महिनामा ५३ लैङ्गिक हिंसाका घटना, ८३ प्रतिशतभन्दा बढी घरेलु हिंसा
पूर्णपुष्टि सम्बाददाता / भदाै ३, उदयपुर ।
उदयपुरमा तीन महिनाको अवधिमा ५३ वटा लैङ्गिक हिंसाका घटना अभिलेखीकरण भएका छन्। महिला पुनस्र्थापना केन्द्र (ओरेक), उदयपुरले अप्रिलदेखि जुन २०२६ सम्म संकलन गरेका घटनाको त्रैमासिक विश्लेषणमा कुल घटनामध्ये ८३ दशमलव ०२ प्रतिशत घरेलु हिंसाका घटना रहेको पाइएको हो।
ओरेकको उदयपुर कार्यालयमा प्रत्यक्ष रूपमा आएका, सुरक्षा आवासबाट सेवा लिएका महिला तथा किशोरी र समुदाय तथा फिल्डस्तरबाट प्राप्त घटनालाई आधार बनाएर गरिएको विश्लेषणअनुसार ५३ घटनामध्ये ४४ वटा घरेलु हिंसा, ६ वटा यौन हिंसा र ३ वटा सामाजिक हिंसाका घटना रहेका छन्। कुल घटनामध्ये घरेलु हिंसा ८३ दशमलव ०२ प्रतिशत, यौन हिंसा ११ दशमलव ३२ प्रतिशत र सामाजिक हिंसा ५ दशमलव ६६ प्रतिशत रहेको ओरेक उदयपुरका संयोजक बाला कार्कीले बताउनु भयो ।
उहाका अनुसार घरेलु हिंसाअन्तर्गत शारीरिक हिंसा, गालीगलौज, चरित्रमाथि आरोप, धम्...









