Friday, November 6News That Matters

राजनीति

कांग्रेस उदयपुरको जिल्ला सभापतिमा बसन्तकुमार बस्नेत सर्वसम्मत

कांग्रेस उदयपुरको जिल्ला सभापतिमा बसन्तकुमार बस्नेत सर्वसम्मत

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, उदयपुर १९ कार्तिक २०८३ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले उदयपुर जिल्ला कार्यसमितिको नेतृत्व सर्वसम्मत चयन गरेको छ । त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत जिल्ला सभापतिमा निर्वाचित भएका छन् । केही समयअघि जिल्ला संयोजकको जिम्मेवारी पाएका बस्नेत बिहीबार सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा सर्वसम्मत चयन भएका हुन् । देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले बस्नेतलाई जिल्ला सभापति घोषणा गरेका हुन् । नवनिर्वाचित जिल्ला कार्यसमितिको उपसभापतिमा राजेन्द्र पौडेल र भक्त रानामगर चयन भएका छन् । त्यसैगरी सचिवमा विष्णु कोइराला र टेकबहादुर दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । सहसचिवको नाम भने टुंगो लाग्न बाँकी रहेको सभापति बस्नेतले जानकारी दिए । ‘हाम्रो ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ,’ बस्नेतले भने । जिल्ला अधिवेशनमा नेपाली कांग्रेसका केन्द्री...
उदयपुरमा नेपाली कम्युनिष्ट पार्टीको दुई महिने राष्ट्रिय जागरण अभियान, घरदैलोमार्फत जनताका मुद्दा उठाइने

उदयपुरमा नेपाली कम्युनिष्ट पार्टीको दुई महिने राष्ट्रिय जागरण अभियान, घरदैलोमार्फत जनताका मुद्दा उठाइने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, उदयपुर । १९ कार्तिक २०८३ नेपाली कम्युनिष्ट पार्टी उदयपुरले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत घरदैलो तथा जनसंवाद कार्यक्रम सञ्चालन गरी नागरिकका दैनिक जनजीविका र स्थानीय समस्यालाई प्राथमिकताका साथ उठाइने पार्टीले जनाएको छ । अभियानबारे जानकारी दिन पार्टीले बिहिबार जिल्ला सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको हो । पार्टीको कार्तिक १७ गते सम्पन्न बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानको उद्घाटन पार्टीका केन्द्रीय सदस्य तथा नेता जगन्नाथ खतिवडाले गरिसकेको पार्टीले जनाएको छ । अभियानअन्तर्गत पार्टीका नेता तथा कार्यकर्ता टोलटोल र घरघरमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्या पहिचान गर्ने तथा जनताका माग र दैनिक जीवनसँग जोडिएका मुद्दा सङ्कलन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसैगरी महँगी, भ्रष्टाचार, काल...
जलजलेमा यातायात कार्यालयको १३ कोठे भवन उद्घाटन, सेवा विस्तारमा मुख्यमन्त्रीको जोड

जलजलेमा यातायात कार्यालयको १३ कोठे भवन उद्घाटन, सेवा विस्तारमा मुख्यमन्त्रीको जोड

Breaking News 2, आर्थिक, ट्रेन्डिङ, राजनीति, समाचार, संसार
वीरसबाबु शाही, पूर्णपुष्टि १८ कार्तिक २०८३, उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रसँगको सहकार्यबाट प्रदेशको विकास र समृद्धिलाई गति दिन सकिने बताउनुभएको छ । उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेस्थित यातायात व्यवस्था सेवा कार्यालयको नवनिर्मित १३ कोठे भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत विकासका ठूला परियोजना अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँका अनुसार त्रियुगा नगरपालिकास्थित बरुवा बसपार्क पीपीपी मोडलमा निर्माण गर्ने प्रस्तावले प्रदेश लगानी प्राधिकरणबाट स्वीकृति पाइसकेको छ । त्यस्तै, बेलका नगरपालिकामा २५ देखि ३० करोड रुपैयाँको लगानीमा फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको छ । मुख्यमन्त्री कार्कीले यातायात व्यवस्था सेवा कार्यालयम...
एमाले उदयपुरको जिल्ला स्तरीय कार्यशाला असोज १५ गते

एमाले उदयपुरको जिल्ला स्तरीय कार्यशाला असोज १५ गते

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि / असोज ११, गाईघाट नेकपा एमाले उदयपुर जिल्ला कमिटीले कोशी प्रदेश कमिटीको निर्देशनअनुसार आगामी असोज १५ गते जिल्ला स्तरीय कार्यशाला आयोजना गर्ने भएको छ । जिल्ला कमिटीका अध्यक्ष भागवत राउतका अनुसार असोज १५ गते बिहान ८ बजे गाईघाटस्थित पार्टी कार्यालयमा कार्यशाला सञ्चालन हुनेछ । राउतले फागुन २१ पछि पार्टी इतिहासकै कठिन र रक्षात्मक अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै त्यस अवधिमा एमाले मात्र नभई समग्र कम्युनिस्ट आन्दोलनको भविष्यबारे समेत विभिन्न प्रश्न र टीकाटिप्पणी उठेको बताए । उनका अनुसार हालै सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले पार्टीभित्र देखिएका समस्या, चुनौती र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरेको छ । ती निर्णयलाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संगठनमा नयाँ ऊर्जा र गतिशीलता ल्याउने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको हो । कार्यशालामा पालिका कमि...
त्रियुगा नगरपालिकाको मेयरमा बुद्धि चाम्लिङ राईको स्वतन्त्र उम्मेदवारी घोषणा

त्रियुगा नगरपालिकाको मेयरमा बुद्धि चाम्लिङ राईको स्वतन्त्र उम्मेदवारी घोषणा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि सम्बाददाता गाईघाट, भदौ ३० । उदयपुरको त्रियुगा नगरपालिकाको मेयर पदका लागि सामाजिक अभियन्ता एवम् सञ्चारकर्मी बुद्धि चाम्लिङ राईले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । गाईघाटस्थित पिपलचोकमा मंगलबार आयोजित कार्यक्रममा राईले आफू त्रियुगा नगरपालिकाको मेयरका लागि उपयुक्त पात्र भएको दाबी गर्दै समग्र त्रियुगाको विकासको लागि उम्मेदवारी दिएको घोषणा गरे । उनले आफुसंग त्रियुगाको विकासका लागि स्पष्ट खाका आफूसँग रहेको दावी गरेका छन् । उनले विकास, सुशासन र सशक्त स्थानीय शासनलाई प्राथमिकतामा राखेर समृद्ध त्रियुगा निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताए । नगरको समग्र विकासका लागि दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको भन्दै राईले जनताको सहभागितामा स्थानीय शासनलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । राईले त्रियुगाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख...
गतवर्ष जेनजी आन्दोलनमा आजैदिन गाईघाटमा भत्काइएको विपी शालिक आजै पुनस्थापना

गतवर्ष जेनजी आन्दोलनमा आजैदिन गाईघाटमा भत्काइएको विपी शालिक आजै पुनस्थापना

Breaking News 2, राजनीति, समाचार
२४ भदौ, २०८३ । उदयपुर गतवर्ष जेन्जी आन्दोलनमा आजकै दिन तोडफोड भएको उदयपुरको सदरमुकाम गाईघाट, विपीचौकस्थित स्वर्गीय बिपी कोइरालाको प्रतिभा पुनःस्थापना गरिएको छ । आज एक समारोहकाबीच स्व. विपी कोइरालाको अर्धकदको सालिक पुनःस्थापना गरिएको हो । त्रियुगा नगरपालिकका मेयर बसन्त बस्नेत लगायत नेपाली काङ्ग्रेसका नेताहरुले पुनःस्थापित सालिकमा माल्यार्पण गरे । जेनजी आन्दोलन भड्किएसंगै गतवर्षको भदौ २४ गते साँझ त्यहाँको सालिक तोडफोड गरी हटाइएको थियो । उनको सालिक हटाएर पृथ्वीनारायण साहको तस्बिर राखिएको थियो । त्यसको भोलीपल्ट पृथ्वीनारायण साहको तस्बिर पछि हटाइपछि विपीचौक सालिकविहिन अवस्थामा थियो । उक्त ठाउँमा २०८१ कार्तिक २४ गते नेपाली काङ्ग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले विपीको शालिक अनावरण गरेपछि चौकको नामाकरण विपीचौक भएको थियो ।...
प्रदेश–१ पुनःनामकरणको मुद्दा फेरि ब्युँतियो

प्रदेश–१ पुनःनामकरणको मुद्दा फेरि ब्युँतियो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि सम्बाददाता/विराटनगर, ४ भदाै ।  प्रदेश–१ को नाम पुनःनामकरणको मुद्दा फेरि राजनीतिक बहसको केन्द्रमा आएको छ । नेपाली कम्युनिस्ट पार्टी सम्बद्ध किराँती राष्ट्रिय मुक्तिमोर्चा, लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा र कोचिला राष्ट्रिय मुक्तिमोर्चाको नेतृत्वले प्रदेशको नाम ऐतिहासिक सभ्यता, सांस्कृतिक पहिचान र बहुपहिचानका आधारमा पुनःनिर्धारण गर्नुपर्ने माग अघि सारेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि प्रदेश संरचना निर्माणसँगै प्रदेशको नामकरणलाई पहिचान र भूगोलको बहससँग जोडेर हेरिँदै आएको थियो। पहिलो प्रदेशसभा निर्वाचनपछि प्रदेश–१ को नामकरणमा किरात, लिम्बुवान र कोचिला क्षेत्रको ऐतिहासिक सभ्यता तथा सांस्कृतिक पहिचानलाई आधार बनाउनुपर्ने पक्षले निरन्तर आवाज उठाउँदै आएको थियो। तर, २०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरहरू असन्तुष्ट बनेका थिए। नामकरणका ...
उदयपुरमा ४९९ सदस्यीय नेपाली कम्युनिष्ट पार्टी कमिटि, आज नै सफत तथा प्रशिक्षण

उदयपुरमा ४९९ सदस्यीय नेपाली कम्युनिष्ट पार्टी कमिटि, आज नै सफत तथा प्रशिक्षण

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, साउन ७ । विभिन्न दलको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीको ४९९ सदस्यीय उदयपुर जिल्ला कमिटि आज घोषणा भएको छ । पार्टी उदयपुर एकता भेलाको आयोजना गरी विनोद खड्काको संयोजकत्व तथा दोर्ण पौडेलको सहसंयोजकत्वमा बनेको जिल्ला कमिटिको सफत ग्रहणसमेत आज नै भएको छ । कमिटिलाई पार्टीको कोशी प्रदेश इन्चार्ज एवम् पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सपथ गराएका हुन् । नयाँ कमिटि तथा कार्यकर्ताहरुलाई पार्टीका केन्द्र तथा प्रदेश तहका नेताहरुले प्रशिक्षणसमेत दिएका छन् । पार्टीका प्रदेश संयोजक हर्कबहादुर नेमवाङ (मिक्सो), प्रदेश सह इन्चार्ज सावित्राकुमार काप्mले, अर्का सहइन्चार्ज पर्शुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए । नेताहरुले प्रशिक्षणात्मक मन्तब्य दिदै अवको नेपाली राजनीतिक शक्तिको रुपमा उदाएको र पार्टीको शक्ति र सन्देशलाई गाउँटोलसम्म पुर्याउनु पर्ने बताए । नेपाली कम्युन...
विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश

विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि सम्बाददाता १९ जेठ, २०८३ । उदयपुर विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका नयाँ सदस्यहरूलाई पार्टीका बरिष्ठ नेता सुदन किराँतीले आज सदस्यता वितरण गर्नुभएको छ। त्रियुगा नगर कमिटीद्वारा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरि श्रम संस्कृती पार्टीमा प्रवेश गरेकाहरुलाई सदस्यता वितरण गर्नुभएको हो । पार्टीले दिएको जानकारी अनुसार उदयपुरको गाईघाटमा आयोजित एक कार्यक्रममा एकसय जनाको हाराहारीमा सदस्यता वितरण भएको हो । पार्टीको श्रम अभियान, सांस्कृतिक तथा सामाजिक न्यायसम्बन्धी नीति र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध गराइएको बताइएको छ । त्रियुगा नगर कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ नेता किराँतीले प्रवेशी सदस्यहरूलाई सदस्यता प्रदान गर्दै श्रम अभियानमा सक्रिय रूपमा जोडिन आग्रह गर्नुभयो...
सुदन किराँतीको राजनीतिक यात्रा र उदयपुर आगमन

सुदन किराँतीको राजनीतिक यात्रा र उदयपुर आगमन

Breaking News 2, राजनीति, समाचार
१९ जेठ, २०८३ । उदयपुर सुदन किराँती अहिलेको नेपाली राजनीतिमा श्रम संस्कृती पार्टीका बरिष्ठ नेता हुन् । उनी नेपालको राजनीतिमा सक्रिय रूपमा संलग्न एक चर्चित नेता हुन् । उनी विशेषगरी पूर्वी नेपालको जनआन्दोलन, सामाजिक न्याय, समावेशीता तथा वामपन्थी राजनीतिक विचारधाराका पक्षधरका रूपमा परिचित छन्। उनी विभिन्न राजनीतिक आन्दोलन तथा संगठनात्मक गतिविधिमार्फत राष्ट्रिय राजनीतिमा स्थापित भएका हुन्। राजनीतिक जीवन सुदन किराँती लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रभावशाली नेता हुदै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट हाल हर्कराज साम्पाङ नेतृत्वको श्रम स‌स्कृती पार्टीमा छन् । पार्टीभित्र संगठन निर्माण, जनसम्पर्क विस्तार तथा वैचारिक बहसमा उनको सक्रिय भूमिका रहेको छ। उनले विभिन्न निर्वाचनहरूमा भाग लिँदै जनप्रतिनिधिका रूपमा समेत काम गरेका ...