Wednesday, September 16News That Matters

त्रियुगा नगरपालिकाको मेयरमा बुद्धि चाम्लिङ राईको स्वतन्त्र उम्मेदवारी घोषणा

पूर्णपुष्टि सम्बाददाता
गाईघाट, भदौ ३० ।
उदयपुरको त्रियुगा नगरपालिकाको मेयर पदका लागि सामाजिक अभियन्ता एवम् सञ्चारकर्मी बुद्धि चाम्लिङ राईले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
गाईघाटस्थित पिपलचोकमा मंगलबार आयोजित कार्यक्रममा राईले आफू त्रियुगा नगरपालिकाको मेयरका लागि उपयुक्त पात्र भएको दाबी गर्दै समग्र त्रियुगाको विकासको लागि उम्मेदवारी दिएको घोषणा गरे । उनले आफुसंग त्रियुगाको विकासका लागि स्पष्ट खाका आफूसँग रहेको दावी गरेका छन् ।
उनले विकास, सुशासन र सशक्त स्थानीय शासनलाई प्राथमिकतामा राखेर समृद्ध त्रियुगा निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताए । नगरको समग्र विकासका लागि दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको भन्दै राईले जनताको सहभागितामा स्थानीय शासनलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
राईले त्रियुगाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नगरवासीको अपेक्षाअनुसारको समृद्ध नगर निर्माण आफ्नो मुख्य उद्देश्य रहेको बताए ।