Monday, June 16News That Matters

Breaking News 2

स्व : गिता राई स्मृति साकेला सिल्ली प्रतियोगिताको अधिकंश उपाधी धरानको कब्जामा

स्व : गिता राई स्मृति साकेला सिल्ली प्रतियोगिताको अधिकंश उपाधी धरानको कब्जामा

Breaking News 2, मनोरञ्जन, समाचार
  पूर्णपुष्टि, १ असार । गाईघाटमा आयोजित स्व : गिता राई स्मृति रनिङ शिल्ड साकेला सिल्ली प्रतियोगिताको उपाधी धरानले कब्जा गरेको छ । किरात राई यायोख्खा ११, १२ र १३ नं वडा कार्य समितिको आयोजनामा शनिवार गाईघाट स्थित साकेला थानमा भएको प्रतियोगितामा धरानले पहिलो, दोस्रो र एउटा सन्त्वना सहित तिन ओटा उपाधी लगेको हो । प्रथम उपाधी धरान १५, दोस्रो उपाधी धरान १९ र सान्त्वना उपाधी धरान १३ गरी तिन ओटा उपाधीमा धरानले कब्जा गरेको छ । प्रतियोगिताको तेस्रो उपाधी भने तरहराले लगेको छ । किरात राई यायोख्खा वडा कार्य समिति १९, २० तरहरा सुनसरीले तेस्रो उपाधी लान सफल भएको हो । बाँकी दुई ओटा सान्त्वना उपाधी भने किरात राई यायोख्खा चौदण्डीगढी नगर कार्य समिति उदयपुर र किरात राई यायोख्खा त्रिनपा १० बोक्से बावरीले हात पार्यो । प्रथम, दोस्रो र तेस्रोलाई क्रमश : ३० हजार, २० हजार र १० हजार सहित प्रमाण पत्र व...
उदयपुरमा सुनको सिक्रि चोरी गरी भाग्दै गरेको एक युवक पक्राउ

उदयपुरमा सुनको सिक्रि चोरी गरी भाग्दै गरेको एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १ । उदयपुरमा सुनको सिक्रि चोरी गरी भाग्दै गरेको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बिरगंञ्ज महानगरपालिका वडा नं. २० बस्ने अन्दाजी १९ बर्षीय सचिन राजपुत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार अन्दाजी ९ बजेर ४५ मिनेटको समयमा चौदण्डीगढी नगरपालिका–४ शनिबारे बजारबाट सोही स्थान बस्ने २ जना स्थानीय महिलाहरुले घाटीँमा लगाएको अन्दाजी १२ र १० आनाको २ वटा सिक्रि थुती भाग्ने क्रममा राजपुतलाई प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राजपुतलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
अब उदयपुरमा स्थानीय उत्पादन खपतमा जाेड दिईने

अब उदयपुरमा स्थानीय उत्पादन खपतमा जाेड दिईने

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ३१ । उदयपुरमा स्थानीय उत्पादनकाे खपतमा जाेड दिईने भएकाे छ । नेपाल घरेलु तथा साना उद्याेग महासंघ, उदयपुरले आज प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका साथ स्वागत तथा परिचयात्मक कार्यक्रमसहित अन्तरक्रियामार्फत स्थानीय उत्पादनकाे खपतमा जाेड दिने कुरा आएकाे हाे । प्रजिअ लुईटेलले उदयपुरमा उत्पादन भएका बस्तुकाे प्रयाेगमा सबैले जाेड दिनेगरी पहल गर्ने बताउनुभयाे । स्थानीय उत्पादन खपतमा वृद्धि भए साना उद्याेग र उद्यमीहरु पलायन नहुने महासंघका प्रदेश बरिष्ठ उपाध्यक्ष मधुकर थापाले बताउनुभयाे । स्वदेशी बस्तुकाे प्रयाेग गराैं, नेपाली भएकाेमा गर्व गराै भन्ने नारा महासंघकाे रहेकाे छ । महासंघकाे नवनिर्वाचित जिल्ला कमिटि र उद्यमीहरुले साना उद्याेग र उद्यमीहरुकाे समस्या, आवश्यकता बारे कुरा राखेका थिए । स्वागत मन्तब्य राख्दै महासंघकी जिल्ला बरिष्ठ उपाध्यक्ष ज्ञानु प्रधानले उद्यमीहरुलाई स...
यी दुई उदेश्य लिएर बिना पैसा ७७ जिल्ला भ्रमण गदैछन् यी युवा ?

यी दुई उदेश्य लिएर बिना पैसा ७७ जिल्ला भ्रमण गदैछन् यी युवा ?

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ३१ जेष्ठ । सुनसरीका रामधुनी नगरपालिका ३ पिप्रहाका २० बर्षिय विनोद भट्टराई (बाल कवि) यतिवेला विना पैसा देश दौडाहामा छन् । उनि २१ दिन देखी देश दौडहामा व्यस्त छन् । भट्टराईले जेष्ठ १० गतेबाट सुनसरीबाटै यात्रा सुरु गरेका हुन् । हाल भट्टराईले उदयपुर सहित ११ ओटा जिल्ला डुलिसकेका छन् । भट्टराईले यसरी बिना पैसा देश दौडहाका लागि महत्वपूर्ण उदेश्य राखेका छन् । कवि समेत रहेका भट्राईले देशका लागि महत्वपूर्ण उदेश्य समेत राखेका छन् । भट्टराईको देश दौडाहको मुख्य दुई उदेश्य छन् । जसमा एउटा उदेश्य भनेको सुनसरी जिल्ला रामधुनी नगरपालिका स्थित रहेका रामधुनी मन्दीरको प्रचार प्रसार र अर्को ८४ मा युवा नेतृत्वका सन्देश रहेका छन् । देश पुराना विचार र पुराना नेताहरुले ध्वस्ता पार्दा नेपाली जनता र युवाहरु बिचल्लीत र असन्तुष्ट बनेको भन्दै अब ८४ मा युवा नेतृत्व अघि बढ्नु पर्ने भट्टराईको भनाई छ । उनले ...
त्रिनपा ३ मुनाल टोलका स्थानीयहरु जुटे सरसफाई अभियानमा

त्रिनपा ३ मुनाल टोलका स्थानीयहरु जुटे सरसफाई अभियानमा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३१ जेष्ठ । त्रियुगा नगरपालिका वडा नं ३ मुनाल टोल विकास संस्था गाउँ सरसफाई अभियानमा जुटेका छन् । आफ्नो गाउँ आफै बनाउ भन्ने मुल नाराका साथ आज शनिवार त्रियुगा नगरपालिका वडा नं ३ मुनाल टोल विकास टोल स्थित कुसुम गाछीका स्थानिय बासिन्दाहरूले टोलको सरसफाई तथा सगरमाथा दिक्तेल सडक खण्ड अन्तर्गत कुसुमगाछी सडकको आसपास सरसफाई गरेका छन । पर्यावरणीय बातावरणलाई सरसफाई गर्दा गाउलाई हरियालि र सुन्दर बनाउनु मुख्य उदेश्य रहेको सरसफाई अभियानको संयोजक तारा कट्वालले जानकारि दिनुभयो । कटुवालका अनुसार उक्त अभियानको लागि वडा कार्यालयलाई डष्टविनको व्यवस्था गरिदिन अनुरोध गर्दा पनि वडा अध्यक्षले वेवास्ता गरेको स्थानीयहरुले गुणसो गरेका छन । अभियान प्रत्येक महनाको २ पटक गरिने टोल विकास संस्थाले जनाए ।...
मकै पाेल्ने अतिविपन्न महिलालाइ मेसिन वितरण

मकै पाेल्ने अतिविपन्न महिलालाइ मेसिन वितरण

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ३० । सामान्य आयआर्जनका लागि सडकमा मकै पोलेर विक्री गर्ने त्रियुगा नगरपालिकाका अतिविपन्न बर्गका ८ जना महिलाहरुलाई जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले प्रविधि हस्तान्तरण गरिएको छ । नगरपालिकाले गाईघाट बजारको विभिन्न सडक किनारमा मकै पोल्ने आधुनिक प्रविधि मेसिन आठ जना अतिविपन्न महिलाहरुलाई वितरण गरेको हो । प्रविधिले तातो घाममा हातले आगो हम्किदै मकै पोल्ने अवस्थालाई सहज बनाउनेछ । प्रविधि प्रयोग गरी आयआर्जन बृद्धि गर्दै आत्मनिभर र जिविकोपार्जनमा सुधार ल्याउन पालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत मेसिन वितरण गरिएको सामाजिक विकास शाखा प्रमुख राजकुमार खड्काले बताउनुभयो । महिला विकास निरिक्षक निरु कार्कीका अनुसार पालिकाले नमुना कामको रुपमा अति विपन्न महिलालाई मकै पोल्ने मेसिन वितरण गरेको बताउनुभयो । उनका अनुसार पालिकाले महिलाहरुलाई सिपमुलक तथा आयमुलक तालिमहरुसमेत दिदै आ...
गाईघाटमा भोली भव्य गिता स्मृति साकेला प्रतियोगिता हुँदै

गाईघाटमा भोली भव्य गिता स्मृति साकेला प्रतियोगिता हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३१ जेष्ठ । गिता राई स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिता यहि जेष्ठ ३१ गते अर्थात भोली शनिवारको दिन गाईघाट स्थित साकेला थानमा भव्य हुने भएको छ । आयोजक किरात राई यायोख्खा ११, १२ र १३ नं वडा कार्य समितिले उक्त आयोजना गर्ने भएको छ । समितिका अध्यक्ष सर्वधन राईका अनुसार किरात समुदायहरुकै महान पर्व साकेला उभौलीको समापन सँगै प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा उदयपुर जिल्लाका बिभिन्न स्थान सँगै जिल्ला बाहिर, मोरङ, सुनसरी लगायतका स्थानहरुबाट समेत प्रतियोगितामा सहभागी जनाउने भएको छ ।...
त्रियुगाको १६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको समिक्षा

त्रियुगाको १६ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको समिक्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० जेष्ठ । त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा स्तरीय अन्तरक्रिया तथा समिक्षा गरिएको छ । बिहिबार प्रधानमन्त्री कार्यक्रम त्रियुगा नगरपालिकाका संयोजक निशा घले, वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिको टोली, वडा सचिव महेश खनाल नेतृत्वको कर्मचारी टोली सँगै स्थानीय र रोजगार कार्यक्रममा सहभागी मजदुरहरु सहितको उपस्थितिमा समिक्षा गरिएको हो । वडामा आर्थिक बर्ष २०८१/०८२ मा भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बिषयमा समिक्षा गरिएको अध्यक्ष मान वहादुर राईले जनाए । यस बर्ष उक्त वडामा ४ ओटा प्रधानमन्त्री कार्यक्रम सम्पन्न भएको छ । वडा सचिव महेश खनालका अनुसार अम्वोके डिहिटार कृषि सडक, बरुवा अक्तर सिम्ले कृषि सडक, धौरी कृषि सडक र काभ्रै सिरुवानी सडक सहित ४ ओटा सडकहरुको स्तरउन्नती र नयाँ ट्«याक खोल्ने काम भएको सचिव खनालले जनाए । कामहरु सबै सकरा...
चौदण्डीगढीमा संञ्चालित दुईदिने विकास पत्रकारिता तलिमको समापन

चौदण्डीगढीमा संञ्चालित दुईदिने विकास पत्रकारिता तलिमको समापन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ जेष्ठ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा संञ्चालित दुई दिने विकास पत्रकारिता एंव अभिमुखीकरण तालिमको समापन भएको छ । चौदण्डीगढीको सभाहलमा बिहिबारबाट सुरु भएको तालिमको समापन शुक्रबार गरिएको हो । तालिममा चौदण्डीगढीका नव पत्रकारहरु सहभागी थिए । पत्रकारिताको फिल्डमा उदाउँदै गरेका र पत्रकारितामा भविष्य खोज्नेहरुले तालिममा सहभागी जनाएका थिए । इन्द्रवती संञ्चार प्रा.लि को आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोगमा तालिम संञ्चालन भएको थियो । तालिमको उद्घाटन नगर प्रमुख कालुमान लामाले गरेका थिए भने समापन पनि लामाकै उपस्थितिमा गरिएको थियो । तालिमको अन्तिम दिनको आधा घण्टाको समय पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागी गराईएको थियो । मिडिया र सोसल मिडियाकोमा फरक रहेको भन्दै यस विषयमा कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत सचेत गराईएको थियो । पछिल्लो समय मिडिया तथा पत्रकारहरु भन्दा...
गाईघाटका सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा

गाईघाटका सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २९ । उदयपुरको सदरमुकाम गाईघाटका सम्पूर्ण सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर शन्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हिराका गरगहनाको ब्याबसायमा लगाएको बिलासीता करको बिरुद्धमा सुनब्याबसायीहरु बिहिबार देखी आन्दोलनमा उत्रिएका हुन् । सुनमा लगाईएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारीको लागी प्रष्ट निति नियमावली निर्माण गर्नुपर्ने माग सहित व्यवसायीहरुले आन्दोलन गरेका हुन् । उदयपुर सुनचाँदी व्यवसायी संघको नेतृत्वमा गाईघाटस्थित पिपल चोकबाट नारा सहित निस्किएको व्यवसायीहरुको र्याली बि.पि. चोक, मेनचोक, जिल्ला अस्पताल हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल मार्फत प्रधानमन्त्री...