बरुवा क्याम्पसले आफ्नो स्थापनाको १७औँ वार्षिक साधारण सभा सम्पन्न
बिरसबाबु शाही/पूर्णपुष्टि
१९ असोज, २०८३ । उदयपुर
गाईघाट । त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पसले आफ्नो स्थापनाको १७औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्याम्पसको सभा हलमा आयोजित साधारण सभाको उद्घाटन कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले गर्नुभएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले स्नातक तहको शिक्षाको गन्तव्यका रूपमा विकास हुँदै गएको बरुवा क्याम्पसलाई कोशी प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग जुटाउन आफू सक्रिय रहने बताउनुभयो । सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पसले खेलेको भूमिका अतुलनीय रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा अभियन्ता तथा शिक्षाप्रेमी राहुल यादवले वार्षिक साधारण सभा प्रतिवेदन प्रस्तुत गर्ने र बजेट पारित गर्ने औपचारिक कार्यक्रम मात्र नभई विगतको समीक्षा, वर्तमानको मूल्याङ्कन तथा आगामी दिनको स्पष्ट मार्ग तय गर्ने महत्वपू...









