Saturday, October 3News That Matters

गाइघाटमा मातृ प्रेमको पर्व ‘जितिया’ मनाइँदै

  • बिरशबाबु शाही /पूर्णपुष्टि
  • १७ असोज २०८३ । उदयपुर

गाईघाट । थारु तथा मैथिल समुदायमा सन्तानको दीर्घायु, आरोग्य र परिवारको कल्याणको कामना गर्दै मनाइने जितिया पर्व आज त्रियुगा नदी किनाराबाट अस्ताउदो सुर्यलाई अर्ध स्थान आदी गरि अन्य विभिन्न विधिपूर्वक मनाइँदैछ । असोज शुक्ल सप्तमीदेखि नवमीसम्म मनाइने यस पर्वमा विबाहित महिलाहरूले लोकदेवता जितमाहानको पूजा गरी कठोर, कतिपय स्थानमा निर्जला व्रत बस्ने परम्परा रहेको स्थानिय नितु सिहले बताइन । सिहले भनिन सप्तमीमा ‘नहाए–खाए’ तथा तेल–खरी चढाउने, अष्टमीमा जितमाहानको पूजा र कथावाचन गर्ने तथा नवमीमा व्रत पारण गर्ने चलन रहेको छ ।
जितिया पर्वमा घिरौँलाको पात, तोरीको तेल, पिना, फलफूल, केरालगायतका सामग्री प्रयोग गरिन्छ । चील र स्यालको प्रतीक बनाएर पूजा गर्ने परम्पराले प्रकृति तथा जीवजन्तुप्रतिको सम्मानसमेत झल्काउँछ । दिवङ्गत माता लगायत पूज्य महिलाको स्मरण र श्रद्धा व्यक्त गर्ने चलन पनि यस पर्वको विशेषता रहेको उनले बताइन ।
मातृत्वको ममत्व, सन्तानप्रतिको प्रेम, सांस्कृतिक परम्पराको पुस्तान्तरण, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानको सन्देश बोकेको जितिया पर्वलाई मातृ प्रेमको महत्वपूर्ण लोकपर्वका रूपमा लिइन्छ ।