त्रियुगा नगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी, दुईदिने कार्यशाला सम्पन्न
बिरशबाबु शाही /पूर्णपुष्टि
२१ असोज, २०८३ । उदयपुर
गाईघाट । त्रियुगा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारीस्वरूप सञ्चालन गरिएको दुईदिने क्षमता विकास तथा कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ ।
त्रियुगा नगरपालिकाको सभा हलमा आयोजित कार्यशालामा नगरपालिकाका १६ वटै वडाका वडा सचिव, बालमैत्री फोकल पर्सन तथा बालमैत्री अभियानकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यशालाको सहजीकरण सामाजिक विकास शाखा प्रमुख राजकुमार खड्काले गरेका थिए भने राम बस्नेतले प्रशिक्षण दिएका थिए । कार्यशालामा बालमैत्री स्थानीय शासनका न्यूनतम सेवा प्रवाह तथा संस्थागत सूचक पूरा गर्न आवश्यक प्रक्रिया, जिम्मेवारी र कार्ययोजनाबारे छलफल गरिएको बालमैत्री फोकल पर्सन भीमा राईले बताइन् ।
प्रशिक्षक बस्नेतका अनुसार त्रियुगा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न न्यूनतम सेवा प्रवाहतर्फ ३६ र संस्थागततर्फ १५ गरी कुल ५१ वटा सूचक प...









