Sunday, October 11News That Matters

Author: पूर्णपुष्टि

सशस्त्र प्रहरीले ब्राउन सुगरसहित गाईघाटबाट एक जना पक्राउ

सशस्त्र प्रहरीले ब्राउन सुगरसहित गाईघाटबाट एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि संवाददाता १८ असोज, २०८३ । उदयपुर उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाट बजारबाट लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक जना पक्राउ परेका छन्। आज दिउँसो १ः४५ बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेक्वा त्रियुगा उदयपुरबाट खटिएको १० जनाको मोबाइल गस्ती टोलीले बाबारानी मार्गमा शंकास्पद रूपमा चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ इन्द्रेणी टोलका ३१ वर्षीय छोरा महेन्द्र कार्की रहेका छन्। उनको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ अन्दाजी १.३३ ग्राम ६ पोका, नगद २ हजार रुपैयाँ, Samsung Galaxy A07 मोबाइल एक थान र की-प्याड मोबाइल एक थान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। त्यस्तै, इन्जिन नम्बर E3Y3E0567317 र चेसिस नम्बर ME1SED1H9J0011158 रहेको प्रदेश नं. १–०५–५८८५ नम्बरको यामाहा स्कुटरसमेत नियन्त्रणमा ल...
गाइघाटमा मातृ प्रेमको पर्व ‘जितिया’ मनाइँदै

गाइघाटमा मातृ प्रेमको पर्व ‘जितिया’ मनाइँदै

Breaking News 2, समाचार
बिरशबाबु शाही /पूर्णपुष्टि १७ असोज २०८३ । उदयपुर गाईघाट । थारु तथा मैथिल समुदायमा सन्तानको दीर्घायु, आरोग्य र परिवारको कल्याणको कामना गर्दै मनाइने जितिया पर्व आज त्रियुगा नदी किनाराबाट अस्ताउदो सुर्यलाई अर्ध स्थान आदी गरि अन्य विभिन्न विधिपूर्वक मनाइँदैछ । असोज शुक्ल सप्तमीदेखि नवमीसम्म मनाइने यस पर्वमा विबाहित महिलाहरूले लोकदेवता जितमाहानको पूजा गरी कठोर, कतिपय स्थानमा निर्जला व्रत बस्ने परम्परा रहेको स्थानिय नितु सिहले बताइन । सिहले भनिन सप्तमीमा ‘नहाए–खाए’ तथा तेल–खरी चढाउने, अष्टमीमा जितमाहानको पूजा र कथावाचन गर्ने तथा नवमीमा व्रत पारण गर्ने चलन रहेको छ । जितिया पर्वमा घिरौँलाको पात, तोरीको तेल, पिना, फलफूल, केरालगायतका सामग्री प्रयोग गरिन्छ । चील र स्यालको प्रतीक बनाएर पूजा गर्ने परम्पराले प्रकृति तथा जीवजन्तुप्रतिको सम्मानसमेत झल्काउँछ । दिवङ्गत माता लगायत पूज्य महिलाको स्मरण ...
अख्तियार इटहरीअन्तर्गत १२ जिल्लाका ७३ प्रतिशत उजुरी फछ्र्यौट

अख्तियार इटहरीअन्तर्गत १२ जिल्लाका ७३ प्रतिशत उजुरी फछ्र्यौट

Breaking News 2, समाचार
विरशवावु शाही पूर्णपुष्टि / उदयपुर असोज १७ । गाईघाट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा दर्ता तथा जिम्मेवारी सरेका कुल उजुरीमध्ये करिब ७३ प्रतिशत फछ्र्यौट भएका छन् । कार्यालयले शुक्रबार उदयपुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार १२ जिल्लाबाट कुल २ हजार २५४ उजुरी प्राप्त भएका थिए। तीमध्ये १ हजार ६४५ उजुरी फछ्र्यौट भएका छन् भने ६०९ उजुरी बाँकी छन्। जिल्लागत रूपमा पाँचथरको फछ्र्यौट दर सबैभन्दा बढी ९१.३ प्रतिशत रहेको छ। पाँचथरमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ८ र चालू आवमा दर्ता भएका ३८ गरी ४६ उजुरीमध्ये ४२ वटा फछ्र्यौट भएका छन्। त्यस्तै तेह्रथुममा ८७ प्रतिशत उजुरी फछ्र्यौट भएका छन्। ४६ उजुरीमध्ये ४० वटा फछ्र्यौट भएका हुन्। उदयपुरमा कुल...
गाइघाटमा डेंगी नियन्त्रणका लागि ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सुरु

गाइघाटमा डेंगी नियन्त्रणका लागि ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सुरु

Breaking News 2, समाचार, स्वास्थ्य
विरशवावु शाही /पूर्णपुष्टि गाइघाट, असोज १६ । त्रियुगा नगरपालिकाले डेंगी तथा किटजन्य रोग नियन्त्रण तथा रोकथामका लागि आज (शुक्रबार) देखि नगरभरि ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सञ्चालनमा ल्याएको छ। ​असोज महिनाभरि सञ्चालन हुने यस अभियानअन्तर्गत नगरपालिकाका १६ वटै वडामा रहेका सार्वजनिक स्थल, सरकारी तथा निजी कार्यालय, विद्यालय र समुदायमा पुगेर लामखुट्टेको सम्भावित प्रजननस्थल खोजी गरी नष्ट गरिनेछ। ​अभियानका विषयमा जानकारी दिँदै नगरप्रमुख बसन्त बस्नेतले डेंगीको जोखिम घटाउन स्थानीय समुदायकै सक्रिय सहभागिता आवश्यक रहेकाले अभियान सुरु गरिएको बताए। उनका अनुसार विशेष गरी डेंगीको बढी जोखिम मानिएका वडा नं. ३, १०, ११, १२ र १३ मा विभिन्न सरकारी तथा सामाजिक संस्थाहरूको सहकार्यमा बिहान ६:३० देखि ८:३० बजेसम्म विशेष ‘खोज र नष्ट गर’ (Search and Destroy) कार्यक्रम सञ्चालन गरिएको छ। ​यस अभिया...
विद्यालय स्तरमा आँखा जाँच

विद्यालय स्तरमा आँखा जाँच

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/गाईघाट, असोज उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालले विद्यालयस्तरका विद्यार्थीहरूको आँखा जाँच गरी निःशुल्क चस्मा वितरण गरेको छ। अस्पतालले त्रियुगा नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दृष्टि परीक्षण गरी समस्या देखिएकाहरूलाई निःशुल्क चस्मा प्रदान गरेको हो। अस्पतालको प्राविधिक टोलीले प्रत्यक्ष रूपमा विद्यालयहरूमै पुगेर विद्यार्थीहरूको आँखा परीक्षण गरेको थियो। सो क्रममा दृष्टिमा समस्या (दृष्टिदोष) पहिचान भएका विद्यार्थीहरूलाई उनीहरूको आवश्यकताअनुसारको चस्मा निःशुल्क उपलब्ध गराइएको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो। आँखाको दृष्टि कमजोर भएकै कारण धेरै विद्यार्थीले पढाइमा कठिन महसुस गर्ने तथा शैक्षिक प्रगतिमा बाधा पुग्ने गरेको भन्दै अध्यक्ष राउतले यो कार्यक्रमले उनीहरूको दैनिक पठनपाठन र शैक्षिक गतिविधिमा ठूलो सकारात्मक सहय...
विश्व रेबिज दिवसमा त्रियुगा नगरपालिकाको निःशुल्क खोप कार्यक्रम

विश्व रेबिज दिवसमा त्रियुगा नगरपालिकाको निःशुल्क खोप कार्यक्रम

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि / उदयपुर, असोज १२ गाईघाट । विश्व रेबिज दिवसको अवसरमा त्रियुगा नगरपालिकाले कुकुर तथा बिरालोलाई लक्षित गरी निःशुल्क रेबिज खोप कार्यक्रम सञ्चालन गरिएको छ । त्रियुगा नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कार्यक्रम सेप्टेम्बर २८ रेबिज विरुद्धको सचेतनाका लागि आयोजना गरिएको पशु शाखा प्रमुख इन्द्र नारायण चौधरी ले बताए । रेबिज रोगको जोखिम न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले घरपालुवा तथा सामुदायिक कुकुर–बिरालोलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाइने चौधरीले बताए। यस वर्षको विश्व रेबिज दिवसको नारा “एकतामा शक्ति, रेबिजबाट मुक्ति” (Stronger Together) रहेको छ। रेबिज रोकथामका लागि नियमित खोप लगाउने, पशुलाई सुरक्षित रूपमा राख्ने तथा रेबिजसम्बन्धी जोखिम देखिएमा समयमै स्वास्थ्य तथा पशु सेवा निकायमा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ। “रेबिज रोकथामका लागि खोप लगाऔँ, सुरक्षित स...
एमाले उदयपुरको जिल्ला स्तरीय कार्यशाला असोज १५ गते

एमाले उदयपुरको जिल्ला स्तरीय कार्यशाला असोज १५ गते

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि / असोज ११, गाईघाट नेकपा एमाले उदयपुर जिल्ला कमिटीले कोशी प्रदेश कमिटीको निर्देशनअनुसार आगामी असोज १५ गते जिल्ला स्तरीय कार्यशाला आयोजना गर्ने भएको छ । जिल्ला कमिटीका अध्यक्ष भागवत राउतका अनुसार असोज १५ गते बिहान ८ बजे गाईघाटस्थित पार्टी कार्यालयमा कार्यशाला सञ्चालन हुनेछ । राउतले फागुन २१ पछि पार्टी इतिहासकै कठिन र रक्षात्मक अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै त्यस अवधिमा एमाले मात्र नभई समग्र कम्युनिस्ट आन्दोलनको भविष्यबारे समेत विभिन्न प्रश्न र टीकाटिप्पणी उठेको बताए । उनका अनुसार हालै सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले पार्टीभित्र देखिएका समस्या, चुनौती र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरेको छ । ती निर्णयलाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संगठनमा नयाँ ऊर्जा र गतिशीलता ल्याउने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको हो । कार्यशालामा पालिका कमि...
एलेभेन स्टार च्यालेन्जको उपाधि गाईघाट युनाइटेड एफसीलाई

एलेभेन स्टार च्यालेन्जको उपाधि गाईघाट युनाइटेड एफसीलाई

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि / उदयपुर, ११ असोज । उदयपुरमा जारी एलेभेन स्टार च्यालेन्ज कप–२०८३ को उपाधि गाईघाट युनाइटेड एफसीले जितेको छ। त्रियुगा नगरपालिका–१० बोक्सेमा शनिबार सम्पन्न फाइनल खेलमा गाईघाट युनाइटेड एफसीले सलिना स्पोर्ट्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतिस्पर्धात्मक फाइनलमा गाईघाट युनाइटेडका लागि दिलीप राई, चुडा मगर र सुनील खड्काले एक–एक गोल गरे। यस्तै, सलिना स्पोर्ट्सका पृथ्वी मगर र निश्चल आलेले एक–एक गोल गरे। प्रतियोगितामा उदयपुरका विभिन्न क्षेत्रबाट ८ टोलीको सहभागिता रहेको थियो। फाइनलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गाईघाट युनाइटेडले तीन गोल गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। प्रतियोगितामा दिलीप राई सर्वाधिक गोलकर्ता, रोशन मगर उत्कृष्ट गोलकिपर, रिक्की थापा मगर उत्कृष्ट मिडफिल्डर र चुडा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए। यस्तै, विशाल राई उत्कृष्ट प...
उदयपुरमा दशैं–तिहार लक्षित बजार अनुगमन, कटारी बजारमा एक हाेटल २० हजार जरिवानामा

उदयपुरमा दशैं–तिहार लक्षित बजार अनुगमन, कटारी बजारमा एक हाेटल २० हजार जरिवानामा

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता/८ असोज २०८३ । उदयपुर नेपालीहरूको प्रमुख चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ। चाडपर्वका बेला बजारमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरणलगायतका गतिविधि नियन्त्रण गर्न प्रशासनले बजार अनुगमन थालेको हो । यसैक्रममा प्रशासन उदयपुरको टोलीले कटारी नगरपालिका अन्तर्गतको कटारी बजारमा अनुगमन गरेको छ। उदयपुरको प्रमुख व्यापारिक केन्द्रमध्ये एक रहेको कटारी बजारमा खाद्यान्न, किराना तथा दैनिक उपभोग्य वस्तुको कारोबार हुने भएकाले चाडपर्वको समयमा यहाँको बजार अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मेखराज मग्रातीका अनुसार अनुगमनका क्रममा बजारमा १५ वटा पसलमा छड्के अनुगमन गरिएको थियो । त्यसमध्ये ६ वटालाई सचेत गराईएको र एकवटालाई कारवाही गराइएको छ । अनुगमनका क्रममा गल्ती भे...
उदयपुरको दुई मुख्य सडकमा रात्रीकालिन सवारी आवागमन बन्द

उदयपुरको दुई मुख्य सडकमा रात्रीकालिन सवारी आवागमन बन्द

Breaking News 2, समाचार
८ असोज, २०८३ । उदयपुर उदयपुरमा जिल्ला प्रशासन कार्यालयले दुई राजमार्ग अन्तर्गतका सडकहरुमा रात्रिकालिन सवारी आवागमन रोक लगाएको छ । आजबाट सुरु भएको भारी वर्षा र आगामी ११ गतेसम्म निरन्तर हुने मौसम विज्ञान विभागको अनुमानलाई मध्येनजर गर्दै प्रशासनले जिल्लाका दुई मुख्य सडकहरु रात्रिकालिन सवारी आवागमनमा रोक लगाएको हो । प्रशासनले सुचना जारी गर्दै सिद्धिचरण लोकमार्ग अन्तर्गत ४० किलोमिटर कटारी–घुर्मीसडकखण्ड र सगरमाथा लोकमार्ग अन्तर्गत ५७ कि.मि. साउने–रसुवा सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको हो । कटारी–घुर्मी सडक जिल्लाको उत्तर, पश्चिम क्षेत्र जोड्ने एक मुख्य सडक हो भने गाईघाट–रसुवा सडकले पूर्वी, उत्तर क्षेत्रको भाग जोड्ने अर्को मुख्य सडक हो ।  जिल्लाको विभिन्न शाखा र उपशाखाहरु जेडिएका ती सडकहरुमा रात्रिकालिन यात्रा जोखिमयुक्त हुने सुरक्षा निकायको ठहर छ । प्रत्येक दिन साँझ ५ः००...