उदयपुरको दुई मुख्य सडकमा रात्रीकालिन सवारी आवागमन बन्द
८ असोज, २०८३ । उदयपुर
उदयपुरमा जिल्ला प्रशासन कार्यालयले दुई राजमार्ग अन्तर्गतका सडकहरुमा रात्रिकालिन सवारी आवागमन रोक लगाएको छ । आजबाट सुरु भएको भारी वर्षा र आगामी ११ गतेसम्म निरन्तर हुने मौसम विज्ञान विभागको अनुमानलाई मध्येनजर गर्दै प्रशासनले जिल्लाका दुई मुख्य सडकहरु रात्रिकालिन सवारी आवागमनमा रोक लगाएको हो ।
प्रशासनले सुचना जारी गर्दै सिद्धिचरण लोकमार्ग अन्तर्गत ४० किलोमिटर कटारी–घुर्मीसडकखण्ड र सगरमाथा लोकमार्ग अन्तर्गत ५७ कि.मि. साउने–रसुवा सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको हो । कटारी–घुर्मी सडक जिल्लाको उत्तर, पश्चिम क्षेत्र जोड्ने एक मुख्य सडक हो भने गाईघाट–रसुवा सडकले पूर्वी, उत्तर क्षेत्रको भाग जोड्ने अर्को मुख्य सडक हो ।
जिल्लाको विभिन्न शाखा र उपशाखाहरु जेडिएका ती सडकहरुमा रात्रिकालिन यात्रा जोखिमयुक्त हुने सुरक्षा निकायको ठहर छ । प्रत्येक दिन साँझ ५ः००...









