Monday, September 21News That Matters

Author: पूर्णपुष्टि

‘तीज आयो बरी लै’ छायांकन सम्पन्न

‘तीज आयो बरी लै’ छायांकन सम्पन्न

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि / भदौ ८, उदयपुर गाईघाट । कायाकल्प उदयपुरले हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर निर्माण गरिएको गीत ‘तीज आयो बरी लै’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । कृष्ण कल्प दुलालको छायांकनमा तयार भएको भिडियोमा एमजे मिथुनको कोरियोग्राफी र विरसबाबु शाहीको निर्देशन रहेको भिडियोको परिकल्पना टिकटक स्टार गोपाल कृतिले गरेका छन् । तीज पर्वको सांस्कृतिक मौलिकता, महिला दिदीबहिनीको उत्साह तथा मनोरञ्जनलाई केन्द्रमा राखेर भिडियो निर्माण गरिएको निर्माण पक्षको भनाइ छ । भिडियोले तीजको सांस्कृतिक पक्षसँगै स्थानीय कला र कलाकारलाई समेत प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । सुनिता रेग्मी राई, दीपा खडका, सबु थापा, नमू न्यौपाने, पुनम मगर, सुनिता तिम्सिना, इसा आले लगायताका तीन दर्जनभन्दा बढी कलाकार उदयपुर जुम्बा टोलीको सहभागितामा उदयपुर सदरमुकाम गाईघाटमा भिडियोको छायांकन गरिएको हो ...
गाईघाट–दिक्तेल सडकखण्डमा मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

गाईघाट–दिक्तेल सडकखण्डमा मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

Breaking News 2, समाचार
७ भदौ, २०८३ । उदयपुर उदयपुरको त्रियुगा नगरपालिका –१० करमगाछीस्थित गाईघाट–दिक्तेल सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलचालकको मृत्यु भएको छ । प्रदेश नं. ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक त्रियुगा नगरपालिका–१० एलेम्बर मार्गका अन्दाजी ६० वर्षीय सन्तबहादुर राईको मृत्यु भएको हो । बरुवा हुँदै गाईघाटतर्फ जाँदै गरेको मोटरसाईकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिदा राई गम्भिर घाइते भएका थिए । उनको दायाँ खुट्टामा गम्भीर चोट लाग्नुका साथै नाकबाट रगत आएको र दुवै हातमा चोट लागेको थियो । उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको सुरक्षास्रोतले जनाएको छ । मोटरसाईकल चालक त्रिनपा–१२ का १९ वर्षीय महमत सबिव राइन भने घाइते भएका छन् । उनको नाकबाट रगत आएको तथा दुवै हात, दुवै खुट्टा र निधारमा चोट लागेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।...
‘प्रणाम सगरमाथा’ कृतिका लागि भवानी खतिवडालाई शिवलोक साहित्य पुरस्कार

‘प्रणाम सगरमाथा’ कृतिका लागि भवानी खतिवडालाई शिवलोक साहित्य पुरस्कार

Breaking News 2, समाचार, साहित्य
पूर्णपुष्टी सम्बाददाता/७ भदाै, २०८३ । उदयपुर नियात्रा विधाअन्तर्गत प्रकाशित ‘प्रणाम सगरमाथा’ कृतिका लागि साहित्यकार भवानी खतिवडालाई शिवलोक साहित्य पुरस्कार २०८३ प्रदान गरिएको छ । उदयपुर साहित्य कला प्रतिष्ठानको ५ औ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा पुरस्कार प्रदान गरिएकाे हाे । पुरस्कार तथा साहित्यिक कार्यक्रममा भाषा आयोगका सदस्य एवं साहित्यकार मातृका पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको अध्यक्षता उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलास राईले गरेका थिए । कार्यक्रममा साहित्यकार विवश पोखरेल ,सारदा प्रसाद भट्टराई,कौशल चेम्जोङ,वीरेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा साहित्य, नियात्रा लेखन तथा नेपाली साहित्यको विकासमा साहित्यकारहरूको योगदानबारे चर्चा गरिएको थियो । पुरस्कृत कृति ‘प्रणाम सगरमाथा’ नियात्रा विधामा आधारित कृति हो। पुरस्का...
प्रदेश–१ पुनःनामकरणको मुद्दा फेरि ब्युँतियो

प्रदेश–१ पुनःनामकरणको मुद्दा फेरि ब्युँतियो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि सम्बाददाता/विराटनगर, ४ भदाै ।  प्रदेश–१ को नाम पुनःनामकरणको मुद्दा फेरि राजनीतिक बहसको केन्द्रमा आएको छ । नेपाली कम्युनिस्ट पार्टी सम्बद्ध किराँती राष्ट्रिय मुक्तिमोर्चा, लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चा र कोचिला राष्ट्रिय मुक्तिमोर्चाको नेतृत्वले प्रदेशको नाम ऐतिहासिक सभ्यता, सांस्कृतिक पहिचान र बहुपहिचानका आधारमा पुनःनिर्धारण गर्नुपर्ने माग अघि सारेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि प्रदेश संरचना निर्माणसँगै प्रदेशको नामकरणलाई पहिचान र भूगोलको बहससँग जोडेर हेरिँदै आएको थियो। पहिलो प्रदेशसभा निर्वाचनपछि प्रदेश–१ को नामकरणमा किरात, लिम्बुवान र कोचिला क्षेत्रको ऐतिहासिक सभ्यता तथा सांस्कृतिक पहिचानलाई आधार बनाउनुपर्ने पक्षले निरन्तर आवाज उठाउँदै आएको थियो। तर, २०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरहरू असन्तुष्ट बनेका थिए। नामकरणका ...
उदयपुरमा तीन महिनामा ५३ लैङ्गिक हिंसाका घटना, ८३ प्रतिशतभन्दा बढी घरेलु हिंसा

उदयपुरमा तीन महिनामा ५३ लैङ्गिक हिंसाका घटना, ८३ प्रतिशतभन्दा बढी घरेलु हिंसा

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता / भदाै ३, उदयपुर । उदयपुरमा तीन महिनाको अवधिमा ५३ वटा लैङ्गिक हिंसाका घटना अभिलेखीकरण भएका छन्। महिला पुनस्र्थापना केन्द्र (ओरेक), उदयपुरले अप्रिलदेखि जुन २०२६ सम्म संकलन गरेका घटनाको त्रैमासिक विश्लेषणमा कुल घटनामध्ये ८३ दशमलव ०२ प्रतिशत घरेलु हिंसाका घटना रहेको पाइएको हो। ओरेकको उदयपुर कार्यालयमा प्रत्यक्ष रूपमा आएका, सुरक्षा आवासबाट सेवा लिएका महिला तथा किशोरी र समुदाय तथा फिल्डस्तरबाट प्राप्त घटनालाई आधार बनाएर गरिएको विश्लेषणअनुसार ५३ घटनामध्ये ४४ वटा घरेलु हिंसा, ६ वटा यौन हिंसा र ३ वटा सामाजिक हिंसाका घटना रहेका छन्। कुल घटनामध्ये घरेलु हिंसा ८३ दशमलव ०२ प्रतिशत, यौन हिंसा ११ दशमलव ३२ प्रतिशत र सामाजिक हिंसा ५ दशमलव ६६ प्रतिशत रहेको ओरेक उदयपुरका संयोजक बाला कार्कीले बताउनु भयो । उहाका अनुसार घरेलु हिंसाअन्तर्गत शारीरिक हिंसा, गालीगलौज, चरित्रमाथि आरोप, धम्...
कोरियामा नेपाली युवाहरुले गराए ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता

कोरियामा नेपाली युवाहरुले गराए ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि संवाददाता दक्षिण कोरिया / २ भदौ २०८३ । नेपाली ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको आयोजनामा सम्पन्न ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता २०२६ मा ए लेभल तर्फ किरण भण्डारी/ईश्वर क्षेत्री प्रथम, धुर्व गुरुङ/खिम केसी द्वितीय तथा नवीन कार्की/बचन सेन तृतीय भए । बी लेभल तर्फ प्रशान्त पुन/दिलराज क्षेत्री प्रथम, विकास तामाङ/विवेक भट्टराई द्वितीय तथा तेज आले/तेजु गुरुङ तृतीय भए । त्यस्तै, सी लेभलमा लुकेन्द्र फौजा मगर/माधव अर्याल प्रथम, प्रिन्स भारती/लक्ष्मण श्रेष्ठ द्वितीय तथा दीपेन्द्र/मोहन लिम्बु तृतीय भए। महिला विधातर्फ रेणु लामा/जुनु मगर प्रथम, शर्मिला थापा मगर/कल्पना पुन द्वितीय तथा एनविन थापा/सजना महर्जन तृतीय भए । आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने  अतिथि, संघ–संस्था, क्लब, खेलाडी तथा शुभेच्छुकप्रति आभार प्रकट गरेको छ । प्रतियोगिताका प्रमुख अतिथि एनसीसीका अध्यक्ष हर्...
नौलोपथ ब्याडमिन्टन क्लवको प्रतियोगिता सम्पन्न

नौलोपथ ब्याडमिन्टन क्लवको प्रतियोगिता सम्पन्न

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि संवाददाता धरान, साउन ३० । नौलो पथ ब्याडमिन्टन क्लव, धरान -१५ को आयोजनामा शनिबार पुरुष तथा महिला डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुष तथा महिला डबल्सतर्फ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। पुरुष डबल्सतर्फ नागेन्द्र राई र मनजित राईको जोडी विजेता बनेको छ। राजन राई र तुफान राईको जोडी उपविजेता बने। त्यसैगरी महिलातर्फ सोनी मगर र मिना मगरको जोडी विजेता तथा बिमला राई र आशिका राईको जोडी उपविजेता बनेका छन् । प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई समापन समारोहका बीच पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । आयोजक कमिटीका मनिष मगरका अनुसार खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, विजेता तथा उपविजेताहरूलाई बधाई दिँदै आगामी दि...
Greater Nepal Badminton Tournament 2026 को टाई–शीट र नियम सार्वजनिक

Greater Nepal Badminton Tournament 2026 को टाई–शीट र नियम सार्वजनिक

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि सम्वाददाता दक्षिण कोरिया, साउन  २९  । नेपाली ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको आयोजनामा हुने Greater Nepal Badminton Tournament 2026 को विभिन्न विधा तथा लेभलका टाई–शीट र प्रतियोगिताका नियमहरू सार्वजनिक गरिएको छ। आयोजकका अनुसार सार्वजनिक गरिएको टाई–शीटमा खेलाडीहरूको नाम, जोडी, समूह तथा खेल समयलगायतका विवरण समावेश छन्। प्रतियोगितामा सहभागी सबै खेलाडीलाई आफ्नो नाम, जोडी, समूह र खेल समय ध्यानपूर्वक जाँच गरी आवश्यक तयारी गर्न अनुरोध गरिएको छ। त्यसैगरी, प्रतियोगितालाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्न तयार पारिएका नीति तथा नियमहरू पनि सार्वजनिक गरिएको आयोजकले जनाएको छ। खेलाडीहरूले प्रतियोगितामा सहभागी हुनुअघि ती नियमहरू ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरिएको छ। टाई–शीट तयार गर्ने क्रममा नाम, समय, जोडी, समूह वा अन्य विवरणमा अनजाने रूपमा कुनै त्रुटि वा प्राविधिक ...
डिजिटल पहुँच बढ्दै, सुरक्षित प्रयोगमा जोड

डिजिटल पहुँच बढ्दै, सुरक्षित प्रयोगमा जोड

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता उदयपुर, साउन २८ । २७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उदयपुरमा ‘डिजिटल सुरक्षा र युवा’ विषयक अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘फरक परिवेश, साझा आकाङ्क्षा’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बुधबार ओरेक आधार, राजाबासमा कार्यक्रम आयोजना गरिएको हो । महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुर, हुरेन्डेक–नेपाल उदयपुर, जाल्पा एकीकृत विकास समाज उदयपुर र वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा युवाको बढ्दो डिजिटल पहुँचसँगै देखिएका साइबर जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन हिंसा तथा दुव्र्यवहारबाट बच्ने उपाय र डिजिटल प्रविधिको जिम्मेवार प्रयोगबारे छलफल गरिएको थियो । कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका आनन्द खड्काले अन्तर्राष्ट्रिय युवा दिवसको अवधारणा, महत्व तथा समाज परिवर्तनमा युवाको भूमिकाबारे प्रस्तुतीकरण गर्...
त्रियुगा डान्स च्याम्पियनको वर्कशप राउण्ड सम्पन्न

त्रियुगा डान्स च्याम्पियनको वर्कशप राउण्ड सम्पन्न

Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टी, उदयपुर । । त्रियुगा डान्स च्याम्पियनको वर्कशप राउण्ड सम्पन्न भएको छ । १५६ जना सहभागीबाट छनोट भएर ६५ जना प्रतिभाले कार्यशालामा सहभागिता जनाएका थिए । कार्यशालामा नृत्यको आधारभूत ज्ञान, लोक तथा आधुनिक नृत्य, भाव अभिव्यक्ति र नवरसबारे प्रशिक्षण दिइएको थियो । साथै इन्टरनेश्नल व्युटिसियन एकेडेमीको सहकार्यमा सेल्फ मेकअपसम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको नृत्य निर्देशक एमजे मिथुुनले बताए । समापन कार्यक्रममा त्रियुगा नगरप्रमुख बसन्त कुमार बस्नेतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । आयोजक विङ्स इन्टरटेन्मेन्टका अध्यक्ष तथा नृत्य निर्देशक एमजे मिथुनले नृत्य कला, संस्कृति संरक्षणसँगै युवालाई लागूऔषधबाट टाढा राख्न प्रभावकारी माध्यम बन्न सक्ने बताए । प्रतियोगिताको आगामी चरण भदौ ६ र ७ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।...