Monday, May 12News That Matters

Breaking News 1

सुरु भयो किरात समुदायको साकेला उभौली

सुरु भयो किरात समुदायको साकेला उभौली

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ बैशाख । किरात समुदायले मनाउने महान पर्व साकेला उभोली आजब बाट सुरु भएको छ । बैशाख पूर्णिमाको अवसर पारी साकेला उभौली सुरु भएको हो । पूर्वी जिल्लाहरुमा वसोवास गर्दै आएका राई समुदायहरुले साकेला उभौली र उद्यौली गरी दुई पटक यो पर्व मनाउने गर्छ । भुमिको पुजा र सिकारी पुजा गर्दै साकेला उभौली उद्यौली मनाउने गर्छ । पितृ पुर्खाहरुको शक्ति र आशिर्वात स्वरुप भुमि तथा पितृ पुजा गरेर साकेला सिल्ली नाँच्दै यो पर्व मनाईन्छ । उदयपुरको त्रियुगा नगरपालिका गाईघाट स्थित साकेला थानमा पनि सोमवार भुमि तथा सिकारी पुजाआजा सहित उभौली पर्वको सुरुवात गरिएको छ । त्रियुगा नगरपाकिला वडा नं ११, १२ र १३ को संयुक्त आयोजनामा विहान ८ बजे सिकारी पुजा गरी साकेला उत्सव सुरु गरिएको हो । त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी रााईको उपस्थितिमा साकेला पर्वको औपचारिक सुरुवात गरिएको छ । राईहरुको पुजा गर्ने घर अर्...
‘जत्तुकु मुबा, आङीला जामे’ रिमेक भर्सनमासार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ रिमेक भर्सनमासार्वजनिक

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २८ बैशाख । तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु मुबा, आङीला जामे’ अब नयाँ संस्करणमा सार्वजनिक गरिएको छ। २०५४ सालमा ‘सेम’ एल्बममार्फत पहिलोपटक सार्वजनिक भएको यस गीतको पहिलो रेकर्डमा वरिष्ठ गायक लाल बहादुर योञ्जन र वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको आवाज रहेको थियो। विगतमा अत्यधिक लोकप्रिय बनेको यस गीतलाई अहिले नयाँ शैली र स्वादमा पुनः रेकर्ड गरिएको छ। शब्द लाल बहादुर योञ्जन, संगीत भरत योञ्जन, र स्वर वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ तथा The Voice of Nepal Season 5 का फर्स्ट रनर(अप मकर योञ्जनको रहेको छ। तामाङ समुदायको मौलिक संस्कृति, प्रेमभाव र पहिचान झल्किने गीत क्जचभभ ःगकष्अ को अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। सुन्दर योन्जनको निर्देशनमा निर्माण भएको भिडियोमा अभिनेता कुनसाङ बम्जन र अभिनेत्री अम्बिका तामा...
प्रेस सेन्टर नेपाल उदयपुरद्धारा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र

प्रेस सेन्टर नेपाल उदयपुरद्धारा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २८ बैशाख । प्रेस सेन्टर नेपाल उदयपुरले पत्रकारहरुको हक हित र अधिकार अनुरुप काम गर्ने वातावारणमुखी कानुन निर्माण लगयत बिभिन्न ११ बुद्धे माग सहित संञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुर मार्फत संञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट भर्खरै निर्वाचित कार्य समितिको गहन छलफलबाट निर्माण गरिएको घोषणा पत्र सहितको माग राखि ज्ञापन पत्र बुझाईएको हो । उक्त पत्र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विदुर कटुवाल, पूर्व सदस्य यदु ढकाल, संस्थापक अध्यक्ष हरि कुमार राई लगायत जिल्ला अध्यक्ष अभिमन्यु लामिछानी सहितको टोलीले जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेललाई बुझाएको छ । पछिल्लो समय प्रेस माथी ज्याजति बढेको र सरकारले यस तर्फ उति चासो नदिएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।...
गाईघाटमा होण्डाको ग्राण्ड ओपनिङ सँगै एक्सचेन्ज अफर सुरु

गाईघाटमा होण्डाको ग्राण्ड ओपनिङ सँगै एक्सचेन्ज अफर सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २८ बैशाख । गाईघाटमा राशि अटो मोवाईल्सले होण्डाको नयाँ सोरुम संञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थापन सहित नयाँ बर्षको अवसर पारी बिभिन्न सेवा सुविधा र बिषेश अफरको साथमा होण्डाको सोरुम संञ्चालनमा आएको हो । गाईघाट हिमाली टोल स्थित शुभलक्ष्मी हल सँगै रहेको उक्त सोरुमले जेष्ठ ५ गते सम्म बिषेश अफर पनि ल्याएको छ । होण्डाको कुनै पनि वाईक वा स्कुटर खरिदमा नगद ४ हजार देखी १ लाख सम्मको कुपन, ६ बार्ष सम्म १८ ओटा निशुल्क सर्भिसिङ, ६ बर्ष सम्म इन्जीनको ग्यारेन्टी र ६ बर्ष सम्म ए ः एमसी गरी यी मध्ये कुनै एउटा अफर प्राप्त गर्न सकिने शोरुमका प्रमुख रितेश गुप्ताले जनाए । यो सँगै राशी होण्डा एक्सचेन्ज उत्सवमा होण्डा कम्पनीको कुनै पनि बाईकहरुलाई न्युनतम ३० हजार र बाईकको कन्डीसन अनुसार सो भन्दा बढी भ्यालुयसन दिईने र अन्य कम्पनीको बाईकलाई न्युनतम १० हजार वा सो भन्दा बढी भ्यालुयसन दिन सकिने गु...
दुर्घटनामा परी नेपाल प्रहरीका (असई) विरोध खतिवडको मृत्यु

दुर्घटनामा परी नेपाल प्रहरीका (असई) विरोध खतिवडको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २७ बैशाख । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) बिरोध खतिवडाको दुर्घटनामा परी मृत्यु भएको छ । शनिवार सुनसरीको दुहबी नगरपालिका ३ फुटानी चौक स्थित पिक अप भेन दुर्घटना परी खतिवडाको मृत्यु भएको हो । उदयपुरको त्रियुगा नगरपालिका ०८ राजाबास घर भएका ३० वर्षीय खतिवडाको उपचारको क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिवार दिउसो ११ : ५० बजेतिर इटहरी(विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२(०१(००१च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भेन सडक किनारमा रहेको फलामको रेलिङमा ठोकिएर दुर्घटना हुदा टाउको छाति तथा शरीरका विभिन्न भागमा चोट लागेका थिए । घाइते भएका खतिवडालाई उद्दार गरी बिराट टिचिंग हस्पिटल बिराटनगरमा उपचार गर्ने क्रममा १२ २१ मिनेटमा डा. ले मृत घोषणा गरेको थियो।...
उपसभामुख सिर्जना दनुवारले भोली होण्डा सोरुम गाईघाटको ग्राण्ड ओपनिङ गर्ने

उपसभामुख सिर्जना दनुवारले भोली होण्डा सोरुम गाईघाटको ग्राण्ड ओपनिङ गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख २४ । गाईघाटमा भोली आईतवार होण्डा सोरुमको ग्राण्ड ओपनिङ सँगै होण्डा एक्सचेन्ज उत्सव हुँदैछ । राशी अटोमोवाइल्स गाईघाटले होन्डा शोरुमको ग्रान्ड ओपनिङसहित राशी होण्डा एक्सचेन्ज उत्सव गर्ने भएको हो । उक्त कार्यक्रमको उद्घाटन कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले गर्ने भएको छ । गाईघाटको शुभलक्ष्मी सिनेमा हल संगै हिमालीटोलमा आधुनिक र ब्यवस्थित रुपमा स्थापना गरिएको सोरुम आईतवार १० बजे भव्य उद्घाटन गर्न लागिएको हो । नयाँ तथा सुविधा सम्पन्न शोरुमको शुभारम्भसंगै पुराना मोटरसाईकल उचित मुल्यका साथ साट्न सकिने शोरुमका प्रमुख रितेश गुप्ताले जनाए । विशेष र भब्यरुपले उद्घाटनको तयारी गरिएको गुप्ताले बताए ।...
उदयपुर वाईसिएल नगर अधिवेशन : त्रियुगामा विशाल, कटारीमा सन्तोष र चौदण्डीमा साङ्गेनहाङ

उदयपुर वाईसिएल नगर अधिवेशन : त्रियुगामा विशाल, कटारीमा सन्तोष र चौदण्डीमा साङ्गेनहाङ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २६ बैशाख । माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) को त्रियुगा नगर अध्यक्षमा विशाल राई चयन भएको छ । शुक्रबार गाईघाट स्थित सम्पन्न तेस्रो नगर सम्मेलनले विशाल राईको नेतृत्वमा ३३ सदस्सीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष मधु थापा, पुजना राई, सोम कुमार मगर रहेका छन् भने सचिव मणि कुमार राई, सहसचिवमा हिमा राई स तेजनारायण थापा मगर, पुष्प लाल न्यौपाने रहँदा कोषाध्यक्षमा शंकर शाह रहेको छ । यता वाईसिएल नेपाल कटारीको पनि सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले सन्तोष कार्कीको अध्यक्षतामा ३६ सदस्सीय कार्यसमिति चयन गरेको हो । यस्तैगरी चौदण्डीगढीमा पनि साङ्गेनहाङ राई नेतृत्वमा २८ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उदयपुरमा वाईसिएल नगर सम्मेलन धमाधम हुँदैछ ।...
अनेमसङ्घ त्रियुगा नगरको अध्यक्षमा गोमा ढुँगाना चयन

अनेमसङ्घ त्रियुगा नगरको अध्यक्षमा गोमा ढुँगाना चयन

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २६ बैशाख । अनेम संघ त्रियुगा नगरपालिकाको अध्यक्षमा गोमा ढुँङ्गाना चयन भएकी छिन् । बिहिबार नेकपा (माओवादी केन्द्र) को महिला सङ्गठन अखिल नेपाल महिला सङघ (क्रान्तिकारी) को दोस्रो त्रियुगा नगर अधिवेशनमा गोमा ढुङ्गाना चयन भएकी हुन् । दोस्रो नगर सम्मेलनले ढुङ्गानाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको अधिवेशनले जनाएको छ । सर्वसम्मत चयन भएको नगर कमिटीकाको अन्य पदाधिकारीमा उपाध्यक्षमा मैया कटुवाल, सचिव गोमा राई, सहसचिव रेश्मा ठकुरी र कोषाध्यक्ष रिता रोका बिक चयन भएको निर्वाचन मण्डलका संयोजक राधारमन खतिवडाले बताए । उनका अनुसार सदस्यमा दुर्गा बिक, बुद्धमाया तामाङ, कल्पना नेपाली, सम्झना राई, कृष्णा राई, रेश्मा साही, रिताशंकर बिक, मन्जु बिक, होमकुमारी बिक, मस्लिरा खातुन, मन्दिरा मन्दुकी मगर, चन्द्रकुमारी कार्की, रेनुका तिम्सिनालगायत रहेका छन् ।...
उदयपुरमा ब्रेक फेल भई ट्रक दुर्घटना हुँदा चालक घाईते

उदयपुरमा ब्रेक फेल भई ट्रक दुर्घटना हुँदा चालक घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २६ । उदयपुरको त्रियुगा नगरपालिका–६ चुरे जंंगलमा ट्रक दुर्घटना हुँदा चालक घाईते भएका छन् । घाईते हुनेमा सिराहाको लहान नगरपालिका–३ बस्ने अन्दाजी ५५ बर्षीय मनशी यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयुरका अनुसार शुक्रबार दिउँसो २ बजेको समयमा लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र २–०१–००१ ख ००४५ नम्बरको सामान लोड रहेको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा परी चालक यादव घाईते भएका छन् भने सहचालकहरु सिराहाको ननकारकटी गाउँपालिका– २ बस्ने अन्दाजी ४७ बर्षीय चन्देश्वर यादव र लहान न.पा. ०८ बस्ने ४५ बर्षीय मो. साहजत मिया भने सकुसल रहेका छन् । घाईते चालकको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
पत्रकार महासंघ उदयपुरले मनायो राष्ट्रिय पत्रकारिता दिवस

पत्रकार महासंघ उदयपुरले मनायो राष्ट्रिय पत्रकारिता दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २५ बैशाख । नेपाल पत्रकार महासंघ उदयपुरले राष्ट्रिय पत्रकारिता दिवस २०८२ मनाएको छ । बिहिवार गाईघाट स्थित त्रियुगा नगरपालिकाको सभाहलमा क्यालेण्डर वितरण सँगै शुभकामना आदान प्रदान गरी दिवस मनाईएको हो । त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार वस्नेतको प्रमुख आथिथ्यता तथा उपमेयर महेश्वरी राईको बिषेश आथित्यतामा दिवस मनाईएका थिए । साथै बरिष्ठ पत्रकार कौशल चेम्जुङ, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का लगायत वडाअध्यक्षहरुको उपस्थिति रहेका थिए ।...