Wednesday, October 7News That Matters

Breaking News 1

चुहाडेमा आयोजित रक्तदान कार्यक्रममा ३० युनिट रगत संकल्न

चुहाडेमा आयोजित रक्तदान कार्यक्रममा ३० युनिट रगत संकल्न

Breaking News 1, समाचार
पूर्णपुष्टि/ गाईघाट २० असोज । त्रियुगा नगरपालिका–७ चुहाडेमा आयोजित खुला रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ । दनुवार जागरण समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरका सभापति मदनराज कट्वालका अनुसार ३० युनिट रगत संकलन गरिएको हो । रक्तदान कार्यक्रममा कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा रक्तदाताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरले प्राविधिक सहयोग गरेको आयोजकले जनाएको छ । रक्तदानमार्फत आकस्मिक तथा उपचारका क्रममा आवश्यक पर्ने रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।...
लामो सयम देखी भोगचलन गर्दै आएको त्रियुगा ६ र ७ को जग्गा नापी गर्न माग

लामो सयम देखी भोगचलन गर्दै आएको त्रियुगा ६ र ७ को जग्गा नापी गर्न माग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/असोज ६ गते । साविक भुमरसुवा गाविस ९ र देउरी गाविस १, हालको त्रियुगा नगरपालिका वडा नं ६ र ७ अवस्थि रहेको लामो समयदेखी भोगचलन गर्दै आएको ऐलानी जग्गा नापी गरी लालपुर्जा उपलब्ध गराउन माग गर्दै स्थाीयहरुले जिल्ला प्रशासन कार्यलय उदयपुर समक्ष ज्ञापन पत्र बुझाएको छ । लामो समयदेखीनै स्थानीय सरकार र सम्बवन्धित निकायहरु सुकुम्वासि आयोग लगायतलाई जग्गा नापी गरी लालपुर्जा उपलब्ध गराउन माग गर्दा ति निकायहरुले कुनै पनि अवस्थामा ध्यान नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरलाई स्थानीयहरुले गुहार मागेको छ । करिब ३ सय बढी स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित मन्त्रालयहरुलाई समेत पत्र बुझाउँदै जग्गा नापी गरेर जग्गा धनी लालपुर्जा वितरण गर्न माग सहित पत्र बुझाएको छ । जग्गा नापीका लागि तत्काललै आवश्यक प्रक्रियाहरु अपनाएर आफुहरुले लामो समयदेखी भोगचलन गर्दै आएको जग्गा धनि...
रसुवा बाढिपिडितहरुलाई त्रियुगा १० का २७ टोल विकास संस्थाहरुको १ लाख ४२ हजार आर्थिक सहयोग

रसुवा बाढिपिडितहरुलाई त्रियुगा १० का २७ टोल विकास संस्थाहरुको १ लाख ४२ हजार आर्थिक सहयोग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट÷ असोज १ गते । त्रियुगा नगरपालिका वडा नं १० को २७ ओटा टोल विकास संस्थाहरुले रसुवा बाढीपिडितहरुलाई आर्थिक सहयोग गरेको छ । बिहिबार त्रियुगा नगरपालिका वडा नं १० को वडा कार्यालय भवनमा राहतकोस सहयोग कार्यक्रम आयोजना गरिएको थियो । टोल विकास समन्वय समिति १० नं वडाको सहयोग तथा आयोजनामा आर्थिक संकलन भएको थियो । समन्वयका अध्यक्ष पर्शराज राईका अनुसार त्रियुगा १० मा जम्मा ३१ ओटा टोल विकास संस्थाहरु रहेकोमा २७ ओटा राहत सहयोगमा सहभागी रहेको छ । बाँकी ४ ओटा भने बिभिन्न समस्याका कारण सहभागी हुन सकेन । २७ ओटा टोल विकास संस्थाबाट १ लाख ४२ हजार ५५ रुपयाँ आर्थिक सहयोग जुटेको अध्यक्ष राईले जनाए । समन्वय समितिका सचिव बासुदेव पोखरेलका अनुसार हरीयाली टोल विकास संस्थाले ६ हजार, सगरमाथा टोल विकास संस्था ५ हजार ३ सय, बेलचोक टोल विकास संस्था ५० हजार २० रुपयाँ, रौतेनी डाँडाँ टोल विकास...
किरात पत्रकार संघ उदयपुरको अध्यक्षमा बिजय राई

किरात पत्रकार संघ उदयपुरको अध्यक्षमा बिजय राई

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १ गते । किरात पत्रकार संघ जिल्ला कार्य समिति उदयपुरको अध्यक्षमा बिजय राई चयन भएको छ । बुधबार गाईघाट स्थित त्रियुगा नेशनल एजुकेशनको सभाहलमा आयोजित छैँटो अधिवेशनले बिजय राईको नेतृतवमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा चेवान राई, महिला उपाध्यक्ष्मा भावना राई, सचिवमा नयनराज राई सहसचिवमा सरोज अर्पण राई, कोषाध्यक्षमा संगिता राई र सदस्यहरुमा अनिल राई, आषिश चाम्लीङ राई र बेदना राई रहेको छ । यस्तै केन्द्रीय प्रतिनिधिका लागि बिक्रम राई, राजेन्द्र दुष्ट र संगिता राई रहेको छ । किरात पत्रकार संघ केन्द्रीय सचिव बुद्धि चाम्लीङ राईको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न गरिएको हो । कार्यक्रममा अग्रज पत्रकार महेश्वर चाम्लीङ, हरि कुमार राई, भोटराज राई, गंगा राई, ऋषी राई, दिनेश राई र देभराज राई लगायत उपस्थिति रहेको थियो ।...
उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

Breaking News 1
२८ भदौ, २०८३ । उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा करेन्ट लागेर आइतवार एक जनाको मृत्यु भएको छ । बिहान हातमुख धुने क्रममा हातेकलमा जडान गरिएको विद्युतीय मोटरवाट करेन्ट लागेर स्थानीय सुकदेव चौधरीको मृत्यु भएको हो । करेन्ट लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको हुनसक्ने स्थानीय शिक्षक भाष्कर चौधरीले बताए । घटनाबारे इलाका प्रहरी कार्यालय सिवाईले थप अनुसन्धान गरिरहेको छ । विद्युतीय मोटर जडान भएको हातेकल चलाउदा  सावधानी नअपनाउन चौधरीको ज्यान गएको छ । यकिन कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको...
प्रेस सेन्टर नेपालद्वारा गृहमन्त्रीको अभिव्यक्तिको निन्दा, पत्रकार पुनर्बहालीदेखि बाढीपीडितलाई राहतसम्मको माग

प्रेस सेन्टर नेपालद्वारा गृहमन्त्रीको अभिव्यक्तिको निन्दा, पत्रकार पुनर्बहालीदेखि बाढीपीडितलाई राहतसम्मको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि सम्वाददाता उदयपुर, भदौ २४ । प्रेस सेन्टर नेपालले संघीय सरकारका गृहमन्त्री सुधन गुरुङले पत्रकार तथा पत्रकारिता क्षेत्रप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गर्दै सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ । सेन्टरका महासचिव मनोज घर्तीमगरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारले गलत सूचना सम्प्रेषण गरेको भए तथ्यका आधारमा खण्डन गर्नुपर्ने भन्दै सत्ताको शक्ति देखाएर पत्रकारलाई चेतावनी दिने कार्य स्वीकार्य नहुने उल्लेख गरिएको छ । प्रेस सेन्टरले सरकारी सञ्चार प्रतिष्ठानबाट श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीलाई गैरकानुनी र अन्यायपूर्ण ढंगले निष्कासन गरिएको भन्दै तत्काल ससम्मान र निशर्त पुनर्बहाली गर्न माग गरेको छ। गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन र रेडियो नेपालबाट भइरहेको निष्कासन तथा मनोवैज्ञानिक दबाब रोक्न पनि उसले सरकारको ध्यानाकर्षण ग...
विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी सचेतना

विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी सचेतना

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/भदौ १७ गते । Habitat for Humanity Nepal सहारा नेपालको सहकायर्मा Homes नेपालको परियोजना अन्तर्गत विद्यार्थीहरुलाई बित्तीय साक्षरता र सुरक्षित आवास सम्बन्धि एक दिने सचेतना मुलक तालिम दिईएको छ । मंगलबार त्रियुगा मावि विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता, डिजिटल वित्तीय सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी, सुरक्षित आवास तथा जोखिम व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा युवाहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता तथा सकारात्मक सोच विकास गर्ने भन्दै 3 zero club  अगिद समेत गठन गरिएको छ । HOMEs Nepal परियोजनाका व्यवस्थापक किशन गौतमले परियोजनाको परिचय सँगै वित्तीय साक्षरताले समुदायमा महत्वपूर्ण भुमिका खेल्ने र योगदान पु¥याउने बताउनुभयो । यस्ता कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्...
कोरियामा नेपाली युवाहरुले गराए ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता

कोरियामा नेपाली युवाहरुले गराए ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि संवाददाता दक्षिण कोरिया / २ भदौ २०८३ । नेपाली ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको आयोजनामा सम्पन्न ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता २०२६ मा ए लेभल तर्फ किरण भण्डारी/ईश्वर क्षेत्री प्रथम, धुर्व गुरुङ/खिम केसी द्वितीय तथा नवीन कार्की/बचन सेन तृतीय भए । बी लेभल तर्फ प्रशान्त पुन/दिलराज क्षेत्री प्रथम, विकास तामाङ/विवेक भट्टराई द्वितीय तथा तेज आले/तेजु गुरुङ तृतीय भए । त्यस्तै, सी लेभलमा लुकेन्द्र फौजा मगर/माधव अर्याल प्रथम, प्रिन्स भारती/लक्ष्मण श्रेष्ठ द्वितीय तथा दीपेन्द्र/मोहन लिम्बु तृतीय भए। महिला विधातर्फ रेणु लामा/जुनु मगर प्रथम, शर्मिला थापा मगर/कल्पना पुन द्वितीय तथा एनविन थापा/सजना महर्जन तृतीय भए । आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने  अतिथि, संघ–संस्था, क्लब, खेलाडी तथा शुभेच्छुकप्रति आभार प्रकट गरेको छ । प्रतियोगिताका प्रमुख अतिथि एनसीसीका अध्यक्ष हर्...
नौलोपथ ब्याडमिन्टन क्लवको प्रतियोगिता सम्पन्न

नौलोपथ ब्याडमिन्टन क्लवको प्रतियोगिता सम्पन्न

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि संवाददाता धरान, साउन ३० । नौलो पथ ब्याडमिन्टन क्लव, धरान -१५ को आयोजनामा शनिबार पुरुष तथा महिला डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुष तथा महिला डबल्सतर्फ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। पुरुष डबल्सतर्फ नागेन्द्र राई र मनजित राईको जोडी विजेता बनेको छ। राजन राई र तुफान राईको जोडी उपविजेता बने। त्यसैगरी महिलातर्फ सोनी मगर र मिना मगरको जोडी विजेता तथा बिमला राई र आशिका राईको जोडी उपविजेता बनेका छन् । प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई समापन समारोहका बीच पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । आयोजक कमिटीका मनिष मगरका अनुसार खेलाडीहरूको क्षमता विकास तथा प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, विजेता तथा उपविजेताहरूलाई बधाई दिँदै आगामी दि...
Greater Nepal Badminton Tournament 2026 को टाई–शीट र नियम सार्वजनिक

Greater Nepal Badminton Tournament 2026 को टाई–शीट र नियम सार्वजनिक

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि सम्वाददाता दक्षिण कोरिया, साउन  २९  । नेपाली ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको आयोजनामा हुने Greater Nepal Badminton Tournament 2026 को विभिन्न विधा तथा लेभलका टाई–शीट र प्रतियोगिताका नियमहरू सार्वजनिक गरिएको छ। आयोजकका अनुसार सार्वजनिक गरिएको टाई–शीटमा खेलाडीहरूको नाम, जोडी, समूह तथा खेल समयलगायतका विवरण समावेश छन्। प्रतियोगितामा सहभागी सबै खेलाडीलाई आफ्नो नाम, जोडी, समूह र खेल समय ध्यानपूर्वक जाँच गरी आवश्यक तयारी गर्न अनुरोध गरिएको छ। त्यसैगरी, प्रतियोगितालाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्न तयार पारिएका नीति तथा नियमहरू पनि सार्वजनिक गरिएको आयोजकले जनाएको छ। खेलाडीहरूले प्रतियोगितामा सहभागी हुनुअघि ती नियमहरू ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरिएको छ। टाई–शीट तयार गर्ने क्रममा नाम, समय, जोडी, समूह वा अन्य विवरणमा अनजाने रूपमा कुनै त्रुटि वा प्राविधिक ...