
पूर्णपुष्टि, गाईघाट÷ असोज १ गते ।
त्रियुगा नगरपालिका वडा नं १० को २७ ओटा टोल विकास संस्थाहरुले रसुवा बाढीपिडितहरुलाई आर्थिक सहयोग गरेको छ । बिहिबार त्रियुगा नगरपालिका वडा नं १० को वडा कार्यालय भवनमा राहतकोस सहयोग कार्यक्रम आयोजना गरिएको थियो । टोल विकास समन्वय समिति १० नं वडाको सहयोग तथा आयोजनामा आर्थिक संकलन भएको थियो ।

समन्वयका अध्यक्ष पर्शराज राईका अनुसार त्रियुगा १० मा जम्मा ३१ ओटा टोल विकास संस्थाहरु रहेकोमा २७ ओटा राहत सहयोगमा सहभागी रहेको छ । बाँकी ४ ओटा भने बिभिन्न समस्याका कारण सहभागी हुन सकेन । २७ ओटा टोल विकास संस्थाबाट १ लाख ४२ हजार ५५ रुपयाँ आर्थिक सहयोग जुटेको अध्यक्ष राईले जनाए ।

समन्वय समितिका सचिव बासुदेव पोखरेलका अनुसार हरीयाली टोल विकास संस्थाले ६ हजार, सगरमाथा टोल विकास संस्था ५ हजार ३ सय, बेलचोक टोल विकास संस्था ५० हजार २० रुपयाँ, रौतेनी डाँडाँ टोल विकास संस्था ९ हजार ५ सय २० रुपयाँ, करमगाछी टोल विकास संस्था ५ हजार ५ सय, कटहरगाछी टोल विकास संस्था ५ हजार, पाटनदेवी टोल विकास संस्था ६ हजार १० रुपायाँ, आदर्श टोल विकास संस्था ७ हजार ६ सय, यलम्वर टोल विकास संस्था शुपराज राई ५ हजार, सचेतना टोल विकास संस्था ७ हजार, इन्द्रेणी टोल विकास संस्था ५ हजार, बाह्रघरे टोल विकास संस्था ५ हजार, नवउदय टोल विकास संस्था ५ हजार, रामचेली टोल विकास संस्था ५ हजार १ सय, बोक्से चोक टोल विकास संस्था ५ हजार १ सय, मिलन टोल विकास संस्था ५ हजार ५ रुपयाँ, बरगाछी टोल विकास संस्था २५ सय, समावेशी टोल विकास संस्था ५ हजार १ सय, समाजसेवी टोल विकास संस्था ५ हजार १ सय, सुगम टोल विकास संस्था ५ हजार ५ सय, कुयल खोला टोल विकास संस्था २१ सय, राधाकृष्ण टोल विकास संस्था ५ हजार १ सय, खरिदार टोल विकास संस्था ५ हजार, कारागार टोल विकास संस्था ५ हजार, बाबा रौता रानी टोल विकास संस्था ५ हजार, नव समृद्धि टोल विकास संस्था ५ हजार ५ सय र रमाईलो डाँडाँ टोल विकास संस्थाल ४ हजार गरी जम्मा १ लाख ४२ हजार ५५ रुपयाँ प्रधान्मत्री राहत कोषमा जम्मा गरिने सचिव पोखरेलले जनाए । वडाअध्यक्ष किरण पाण्डे, वडा कर्मचारी, टोल विकास संस्थका सम्पूर्ण अध्यक्ष तथा पदाधिकारी तथा संञ्चारकर्मिहरुको उपस्थितिमा आर्थिक सहयोग कोषमा जम्मा गरिएको हो ।

वडाअध्यक्ष पाण्डेले वडा नं १० का टोल विकास संस्थाहरुलाई धन्यवाद व्यक्त गरे । यस्तो विपद्मा आफु एकछाक भोक वसेर जम्मा गरेको पैसाले पिडितहरुको जिवन यापनमा सहज हुने जनाए । राहत कार्यमा सहभागी वडाका टोल विकास संस्थाले सामाजिक जिम्मेवारी निभाएको अध्यक्षको भनाई थियो । त्रियुगा १० का टोल विकास संस्थाहरु हाल सम्म उदयपुरबाट रसुवा पिडितहरुलाई आर्थिक सहयोग गर्ने संस्थाहरु मध्ये पहिलो बन्न सफल भएको छ ।


