व्यापारको पनि जीवन हुन्छ : शेष घले
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अष्ट्रेलियाको मेलबर्नमा व्यवसाय गरिरहेका एकजना धनाढ्य नेपाली हुन् । लगातार दुई कार्यकाल संघको नेतृत्वमा गरेपछि उनी आगामी अक्टोबर १७ पछि विदा हुँदैछन् । उनको चार वर्षे कार्यकालको समीक्षा, भूकम्प र बाढीपीडितलाई गरेको राहात केन्द्रित भएर नागरिकन्युजका लागि कृष्ण ढुंगानाले काठमाडौंमा गरेको अन्तर्वार्ता
गैर आवासीय नेपाली संघले हालसालै सप्तरीका बाढीपीडितलाई राहत वितरण गरेर फर्किनु भएको छ । कस्तो अनुभव भइरहेको छ र?
तराईमा बाढीले विनाश गर्दा म काठमाठौंबाट अष्ट्रेलिया फर्केर गएको ती दिन मात्र भएको थियो । बाढीको खबर अनलाइनहरुमा देख्ना साथ म र मेरी श्रीमती काठमाडौं फर्किने निर्णय ग¥यौं । प्रत्येक वर्षायाममा बाढीले क्षति गर्छ यो पटक ठूलो स्केलमा क्षति पुर्याएको देखियो। त्यसैले यसपाला हामीले रेस्पोन्स गर्नुप¥यो भनेर तत्काल मिटिङ बोलायौं । राहात मोडालिटी हामील...



