आज नवरात्री, भोली टिकाको साईत ११:५५ बजे
पूर्णपुष्टि, असोज १३ गते ।
आज नवरात्रिको नवौं दिन, दुर्गा र महालक्ष्मी देवीको पूजा अर्चना गरिन्छ । हिन्दुधर्मका अनुसार आजको दिन दुर्गा माता र लक्ष्मीको सिद्धता हासिल हुने र धनआर्जन हुने जनविश्वास छ ।
आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । हिन्दुधर्मका अनुसार आज सबैभन्दा धेरै बलि चढाइने दिन हो । देवीहरुले असुरहरुलाई खोजी(खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरकारुपमा भेष बदलेर लुकेकाले जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ ।
नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यलय लगायतका ठाँउमा आज कलपूर्जा, हतियार र गाडीहरुको विशेष पूजा सहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ ।
वलि दिनकालागि आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, ...






