डिभिजन वन कार्यालय उदयपुरमा कार्यरत श्रेष्ठ, देशकै कान्छो (DFO) वन अधिकृत
पूर्णपुष्टि, गाईघाट, असार २५ गते ।
बिक्रम राई
भर्खरको युवा । कलिलो अनुहार । तर, ठूलो जिम्मेवारी बोकेका ३२ वर्षीय गजेन्द्र कुमार श्रेष्ठ डिभिजनल वन अधिकृत (DFO) हुन्। झट्ट हेर्दा उनलाई (DFO) भनेर पत्याउन एकछिन हेर्न र सोच्नुपर्ने हुन्छ । तर उनि डिभिजन वन कार्यालय उदयपुरका् (DFO) को रुपमा करिब १ बर्षदेखी कार्यरत छन् । श्रेष्ठ देशकै कान्छो वन अधिकृतको रुपमा डिभिजन वन कार्यालय उदयपुरमा आएका छन् । मोरङको सुन्दर हरैचा स्थाई घर भएका श्रेष्ठले ७३ सालमै रेन्जरको रुपमा सेवा सेवा सुरु गरेको थियो । हाल उनले कलिलो उमेरमै वन अधिकृतको ठुलो जिम्मेवारी सम्हालिरहेका छन् । सेवा सुभारम्भको करिब १० महिना सम्म रेन्जरको रुपमा काम गरेका श्रेष्ठले ७४ साल ९ महिना ११ गते अफिसर बेन । त्यसपछि लामो समय अफिसरमै रहेका श्रेष्ठ २०८२/३/१८ गते वन अधिकृत (डिएफओ) बने । उनि पहिलो पटक (DFO) वने लगत्तै डिभिजन वन कार्यालय उदयपु...








