
पूर्णपुष्टि, गाईघाट, असार २५ गते ।
बिक्रम राई
भर्खरको युवा । कलिलो अनुहार । तर, ठूलो जिम्मेवारी बोकेका ३२ वर्षीय गजेन्द्र कुमार श्रेष्ठ डिभिजनल वन अधिकृत (DFO) हुन्। झट्ट हेर्दा उनलाई (DFO) भनेर पत्याउन एकछिन हेर्न र सोच्नुपर्ने हुन्छ । तर उनि डिभिजन वन कार्यालय उदयपुरका् (DFO) को रुपमा करिब १ बर्षदेखी कार्यरत छन् । श्रेष्ठ देशकै कान्छो वन अधिकृतको रुपमा डिभिजन वन कार्यालय उदयपुरमा आएका छन् । मोरङको सुन्दर हरैचा स्थाई घर भएका श्रेष्ठले ७३ सालमै रेन्जरको रुपमा सेवा सेवा सुरु गरेको थियो । हाल उनले कलिलो उमेरमै वन अधिकृतको ठुलो जिम्मेवारी सम्हालिरहेका छन् । सेवा सुभारम्भको करिब १० महिना सम्म रेन्जरको रुपमा काम गरेका श्रेष्ठले ७४ साल ९ महिना ११ गते अफिसर बेन । त्यसपछि लामो समय अफिसरमै रहेका श्रेष्ठ २०८२/३/१८ गते वन अधिकृत (डिएफओ) बने । उनि पहिलो पटक (DFO) वने लगत्तै डिभिजन वन कार्यालय उदयपुरको जिम्मेवारी सम्हाल्न आए ।
वन अधिकृत भन्ने वित्तिकै सिनियर कर्मचारी भन्ने बुझिन्छ । तर यो सोचाई अबि बुझाईलाई श्रेष्ठले फ्लप खुाएको छ । श्रेष्ठलाई धेरैले जेन्जी (DFO) पनि भन्ने गरेको छ । उनि युवा जोस जाँगरका साथ जिम्मेवारी सम्हाल्ने प्रयासमा छ । अनावश्यक कामहरुमा समयको खर्च नगर्ने । औपचारिक कार्यक्रमहरुलाई छोटो छरितो र स्मार्ट बनाउने जस्ता कुराहरुमा श्रेष्ठको ध्यान गएको छ । जस्ले जे गर्नु पर्ने हो त्यो उसैले गर्नु पर्ने र आफ्नो जिम्मेवारी अनुसार काम गर्ने, धेरै भाषणभुषणमा समय खर्च गर्न नहुने । हरेक सामान्य कामहरु प्रमुखबाटै गर्नु पर्छ भन्ने कुराहरुलाई विस्तारै हटाउँदै जाने जस्ता कुराहरुमा श्रेष्ठको ध्यान छ । बाँकी आफ्नो जिम्मेवारी कुनै पनि लोप लालचमा नपरी आवश्यकताको आधारमा वनको श्रोत साधनलाई सहि ठाउँमा सदुपयोग गर्नु पर्ने उनको बुझाई छ ।

