Thursday, August 27News That Matters

Breaking News 1

विद्यालय सुधार गर्न स्वयम्सेवक शिक्षक बने जेनजी उदयपुर स‌याेजक सुरेन्द्र साम्पाङ

विद्यालय सुधार गर्न स्वयम्सेवक शिक्षक बने जेनजी उदयपुर स‌याेजक सुरेन्द्र साम्पाङ

Breaking News 1, Breaking News 3, Breaking News Video, शिक्षा, समाचार
https://youtu.be/b84O1umzwHU पूर्णपुष्टि/उदयपुर, जेठ ११ । निम्न बर्गिय परिवारका बालबालिका पढ्ने उदयपुरको त्रियुगा नगरपालिका –१ मैनाहा गाउँ स्थित श्री जनज्योती आधारभुत विद्यालय केही समय अघि बन्दको अवस्थामा पुगेको थियो तर अहिले ठुलो सुधार र परिवर्तन देखिएको छ । यो परिवर्तन सजिलै आएको भने होइन । यहाँ एक जेन्जी युवाको लगाव र संघर्षको कथा निकै रोचक छ । गाउँका बालवालिकाको निभ्नै लागेको शिक्षाको दियो जोगाउनेृ सफल कथा घतलाग्दो छ । सुरेन्द्र साम्पाङ राई । एक जेनजी युवा हुन् । अहिले उनी जेनजी उदयपुर संयोजकसमेत छन् । देशभर जेनजी आन्दोलन भइरहदा उदयपुरमा अग्रपंतीमा उभिएर नेतृत्व गर्ने मध्येका एक हुन उनी । भ्रष्टाचार र वेथितिविरुद्ध आन्दोलनमा उत्रिरदा उनले आफु पढेको आप्mनै गाउँको विद्यालय लथालिंग भएको देखेँ । हिजोका दिनमा सयौंको संख्यामा रहेका विद्यार्थी दशजनाभन्दा कम भएको थियो । पाँचसम्मको कक्षा ...
मिति निर्धारण परिपत्र र बजेट निकाशा नहुँदा उदयपुर राष्ट्रपति रनिङ शिल्ड अन्योलमा

मिति निर्धारण परिपत्र र बजेट निकाशा नहुँदा उदयपुर राष्ट्रपति रनिङ शिल्ड अन्योलमा

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद
पूर्णपुष्टि, उदयपुर/जेष्ठ १० गते । उदयपुरमा नियमित रुपमा संञ्चालन गरिँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो बर्ष भने अन्योल बनेको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरले प्रत्येक बर्षहरुमा संञ्चालन गरिँदै आएको उक्त प्रतियोगिता यो बर्ष भने अन्योल बनेको हो । जिल्ला खेलकुद विकास समिति उदयपुरका कार्यालयका प्रमुख प्रकाश राम राईका अनुसार प्रदेश खेलकुद विकास बोर्डले समयमा प्रतियोगिताको मिति निर्धारण परिपत्र पठाउन ढिलाईका कारण प्रतियोगिता संञ्चालन गर्न नसकिएको बताउनुभयो । राईले प्रदेशले प्रतियोगिताको मिति निर्धारण परिपत्र सँगै बजेट पनि निकाशा नहँदा प्रतियोगिता अलमलमा परेको बताउनुभयो । शिक्षा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् केन्द्रको तर्फबाट २० देखी २२ गते सम्म प्रतियोगिताको मिति तोकेर परिपत्र आईसक्दा प्रदेशले भने कुनै पनि निर्धारण मिति हाल सम्म पठाउन सकेको अवस्था छैन् । प्रमुख ...
गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा : सडक सुरक्षाको विशेष सन्देश

गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा : सडक सुरक्षाको विशेष सन्देश

Breaking News 1, Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि/उदयपुर जेठ -८ उदयपुरमा पछिल्लो समय सुरक्षित सडकका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन भइरहेका छन् । यही अभियानलाई निरन्तरता दिँदै भोलि गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा आयोजना गरिने भएको छ। महिला बाइक राइडर उदयपुरको आयोजना तथा सुरक्षित सडक अभियान उदयपुर र जिल्ला ट्राफिक कार्यालय उदयपुरको समन्वयमा कार्यक्रम हुने भएको हो। सुरक्षित सडक अभियान अन्तर्गत महिला राईडरहरूले विभिन्न स्थानमा होडिङ बोर्ड राख्ने, सडक सुरक्षासम्बन्धी सन्देश प्रवाह गर्ने तथा चालक र यात्रुहरूलाई सचेत बनाउने कार्यक्रम तय गरिएको अभियानकर्मी जानुका कार्कीले बताउनुभयो । यात्राका लागि गाईघाटस्थित पिपलचोकमा  राईडर टोली जम्मा हुने र यात्रा सुरु गरिने अभियानकर्मी शशिका राईले बताउनुभयो । अभियान टोलीसँगै यात्रामा सहभागी भइदिन समेत उहाँले आग्रह गर्नुभएको छ । अभियान अन्तर्गत सडक दुर्घटनाको उच्च जोखि...
उदयपुरमा ६ केजी गाँजा सहित २ जना पक्राउ

उदयपुरमा ६ केजी गाँजा सहित २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ५ । उदयपुरको उदयपरगढी गाउँपालिका–४ तितिेबोट स्थितबाट अन्दाजी ६ केजी प्रतिबन्धित लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाका लिलादेवी राम र अस्मिता राम रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उयपुरका अनुसार अस्थाई प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उनिहरुलाई प्रतिबन्धित लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
त्रिनपा १६ को दोस्रो चौमासिक समिक्षा तथा महिला स्वास्थ्य स्वयंमसेविका सम्मान कार्यक्रम सम्पन्न

त्रिनपा १६ को दोस्रो चौमासिक समिक्षा तथा महिला स्वास्थ्य स्वयंमसेविका सम्मान कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, जेष्ठ ३ गते । त्रियुगा नगरपालिकाका वडा नं १६ जाल्पा चिलाउनेले आफ्नो दोस्रो चौमासिक समिक्षा तथा स्वास्थ्य स्वयंमसेविका सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार वडा कार्यालय भवनमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । दोस्रो चौमासिक अवधिभित्र सम्पन्न भएका योजना तथा कार्यक्रमहरूबारे छलफल र गरिएको काम तथा योजनाहरुको प्रगति र उपलब्धि हरूको समिक्षा गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । वडाभित्रका टोल विकास संस्था, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक वन, गैरसरकारी संघसंस्था, सामुदायिक संघसंस्था लगायत स्थानीय सरकारवालाहरूको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । स्थानीय सरकारवालाबाट समीक्षा कार्यक्रममा वडा कार्यालयलाई सल्लाह सुझाव प्रदान गरिएको थियो । सोही कार्यक्रममा वडा कार्यालयले वडागत स्वीकृत बजेट रकम रु ५० हजारबाट वडाभित्रका १२ जना महिला स्वास्थ्य स्वयंसेविक...
जवरजस्ती करणी कसुरमा १० बर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

जवरजस्ती करणी कसुरमा १० बर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २९ । उदयपुर जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसुरमा १० बर्ष कैद सजाय फैसला भई फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–७ कैवाई बस्ने ७० बर्षीय दिल बहादुर मिरङचिङ मगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अस्थाई प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले आईतबार राती करिब ८ बजेको समयमा कौवाई खोला क्षेत्रमा हिँड्डुल गरिहेको अवस्थामा मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगलाई फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
केन्द्रीय सदस्यमा निर्वाचित रसाईलीलाई गृह जिल्लामा सम्मान

केन्द्रीय सदस्यमा निर्वाचित रसाईलीलाई गृह जिल्लामा सम्मान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/ बैशाख २६ गते । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित उदयपुरका ब्यवसायी रमेश रसाईलीलाई गृह जिल्लामा सम्मान गरिएको छ । २१ र २२ गते काठमाण्डौँमा संञ्चालन भएको ६० औँ बार्षिक साधारण सभा तथा अधिवेशनबाट रसाईली केन्द्रीय सदस्यमा निर्वाचित बनेका थिए । रसाईलीले कोशी प्रदेश भुगोलबाट सबै भन्दा बढी मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित बनेका थिए । रुज्वल ज्वेलर्स संञ्चालक समेत रहेका रसाईली व्यवसाय बाहेक समाज सेवामा पनि उत्तिकै अग्रसर छ । उनले गाईघाट लगायत जिल्लाका बिभिन्न व्यवसायीहरुलाई एक जुट बनाउन ठुलो भुमिका खेलेको छ । बजार व्यवस्थापन, सरसफाई तथा व्यवसायीहरुको हकहितमा उनले अब्बल बुमिका खेलेका थिए । रसाईली त्रियुगा उद्योग बाणिज्य महासंघको पूर्व अध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसायी संघ कोशी प्रदेशको अध्यक्ष समेत हुन । रसाईलीलाई त्रियुगा उद्योग बाणिज्य महास...
गाईघाटमा सुरु भयो साकेला उभौली

गाईघाटमा सुरु भयो साकेला उभौली

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, गाईघाट/१८ गते । गाईघाटमा आजबाट साकेला उभौली सुरु भएको छ । शुक्रबार साकेला थानमा प्रकृतीलाई पुज्दै साकेला उभौली सुरु गरिएको हो । किरात समुदायहरुले मंसिरे पुर्णिमा र बैशाखे पूर्णिमा गरी बर्षमा २ चोटी यो पर्व मनाउने गर्छ । बैशाखे पूर्णिमा मंसिरे पुर्णिमा भन्दा अझै ब्यापव रुपमा मनाईन्छ । गाईघाट स्थित साकेला थानमा पुजा पश्चात शुभकामना आदान प्रदान र प्रसाद ग्रहण गरेर साकेला नाच्दै यो बर्षको उभौलीको उद्घाटन गरिएको छ । आयोजक किरात राई यायोख्खा त्रियुगा नगर समिति ११, १२ र १३ को संयुक्त आयोजनामा उभोली सुरु गरिएको हो । उद्घाटनको दिन त्रियुगा नगरपालिका ३ मोतिगडामा साकेला नाचिने छ । भने जेष्ठको १६ गते गाईघाट साकेला थानमा उभोली सम्पन्न गरिनेछ ।    ...
कक्षा १२ को परिक्षा आजदेखी सुरु

कक्षा १२ को परिक्षा आजदेखी सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १४ । कक्षा १२ को परिक्षा आजदेखी सुरु हुँदैछ । परीक्षामा देशैभर ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् । आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।
उदयपुरे कवि जिवन (आरोही) ले जिते, ५० हजार नगद सहित मनमोहन स्मृति पुरस्कार

उदयपुरे कवि जिवन (आरोही) ले जिते, ५० हजार नगद सहित मनमोहन स्मृति पुरस्कार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, साहित्य
पूर्णपुष्टि, गाईघाट/१३ गते । उदयपुरे कवि जिवन राई (आरोही) ले ५० हजार नगद सहित मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित पहिलो मनमोहन पुरस्कार जितेको छ । बैशाक १३ गत्ते शनिबार काठमाण्डौमा आयोजित राष्ट्रब्यापी खुला कविता प्रतियोगितामा उदयपुरका युवा कवि जीवन आरोहीले प्रथम स्थान हासिल गरेको हो । बिजेता बनेसँगै कवि आरोहीले नगद रू ५० हजार राशी र मनमोहन स्मृति सम्मान प्राप्त गरेका छन्। आरोहीले मनमोहनको सपनाु शीर्षक कविता बाचन गर्दै पहिलो स्थान ओगटेको हो । त्यस्तै लमजुङका गोमा श्रेष्ठ द्वितीय रू ३०हजार र तनहुँ का कवि नरोत्तम श्रेष्ठ तृतिय बनेर रू २० हजार प्राप्त गरे । आज आयोजित राष्ट्रब्यापी कविता प्रतियोगितामा प्रथम चरणमा देशभरिबाट आएका कविता मध्येबाट निर्णायक मण्डलले उत्कृष्ठ ३० जना वाचनका लागि छानेका थिए । कविताको निर्णाय गर्न प्रा।डा। जगत प्रसाद उपाध्याय, कवि रामबाबु सुवेदी र डा।बिरेन्द्र शर्मा ...