Saturday, June 6News That Matters

रौनिया सेवा समाज उदयपुरको अध्यक्षमा गुप्ता

पूर्णपुष्टि, गाईघाट/जेष्ठ २३ गते ।
रौनिया सेवा समाज उदयपुरको अध्यक्षमा लालबावु गुप्ता चयन भएको छ । गुप्ताको अध्यक्षतामा ९ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा विन्दा कुमारी गुप्ता, सचिवमा रमानन्द प्रसाद गुप्ता, कोषाध्यक्षमा सन्तोष गुप्ता चयन बनेको छ भने सदस्यहरुमा दिपक रौनियार, कृष्ण प्रसाद गुप्ता, पंकज कुमार गुप्ता, श्यामवावु साह र असोक कुमार साह रौनियार चयन भएको छ । यस समितिले रौनियार समुदायको हक अधिकार सँगै सामाजिक, आर्थिक जस्ता महत्वपूर्ण क्षेत्रमा नेतृत्व किवास गर्ने गरेको छ । गुप्ताले रौनियार समुदायलाई समाजको उदाहरणीय र नेतृत्वमुखी क्षेत्रमा सहभागी गराउन आफ्नो भुमिका रहने जनाए । शनिवार गाईघाटमा आयोजित एक कार्यक्रमका बिच गुप्ताको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।