Thursday, August 27News That Matters

Breaking News 1

सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा १४ लाख मृत्युदावी भुक्तानी

सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा १४ लाख मृत्युदावी भुक्तानी

Breaking News 1, Breaking News Video, आर्थिक, समाचार
पूर्णपुष्टि सम्बाददाता ११ बैशाख, २०८२ । गाईघाट सननेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले आज खोटाङको बाराहा पोखरी गाउँपालिका–३ को एक परिवारलाई १४ लाख रुपैया मृत्युदावी भुक्तादी प्रदान गरेको छ । बैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका चन्द्रकुमार तामाङको मृत्युदावी रकम उनको बुवा दिलकुमार तामाङलाई प्रदान गरिएको हो । मृतक तामाङ परिवारको जेठो छोरो थिए । विगत १० वर्षदेखि मलेशियामा रोजगारको सिलसिलामा रहेका तामाङको गत २०८१ पुस २९ गते हृदयघात भई मृत्यु भएको थियो । बैदेशिक रोजगारमा जानुअघि उनको नाममा म्यादी विमा गरिएको थियो । इन्स्योरेन्स शाखा गाईघाटका प्रमुख बालकुमार राईका अनुसार परिवारको दावी अनुरुप आज शाखा कार्यालयमा रकम वापतको चेक प्रदान गरिएको छ । रकम बुझ्न बुवा दिलकुमार र कान्छो भाइ भरत आएका थिए । यसरी इन्स्योरेन्स गराउदा मृतक परिवारलाई मुख्यगरी आर्थिक सुरक्षासंगै ठुलो राहत मि...
उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ

उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १० । उदयपुरको बेलका नगरापलिका–१ आम्बासी स्थित रुपनगर–चतारा सडक खण्डमा लागूऔषध सहित मोटरसाईकलमा सवार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आर्जु राई र श्याम कुमार कार्की रहेको जिल्ला प्रहरी कार्याल्य उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार बेलुका करिब ८ बजेर १५ मिनेटको समयमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले फत्तेपुरबाट पैतालिस चोकतर्फ आउँदै गरेको मोटरसाइकलाई चेकजाँच गर्ने क्रममा पछाडि सवार श्याम कुमार कार्कीको साथबाट १५५ मिलिग्राम तौल रहेको ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो । ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएसँगै मोटरसाइकल सहित उनिहरुलाई जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा २७ किलो गाँजा सहित अटो चालक पक्राउ

उदयपुरमा २७ किलो गाँजा सहित अटो चालक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १० । उदयपुरको बेलका नगरापलिका–८ कोठु स्थितबाट प्रतिबन्धित लागूऔषध गाँजा सहित अटो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थान बस्ने अशोक राई रहेको छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान करिब १० बजेको समयमा अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँजको क्रममा अटोमा ल्याउँदै गरेको २७ किलो गाँजा सहित राईलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
गाईघाट लाहान जाने विङगरमाथी ट्राफिक प्रहरीको निगरानी

गाईघाट लाहान जाने विङगरमाथी ट्राफिक प्रहरीको निगरानी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट÷ बैशाख ९ गते । गाईघाटबाट लाहान जाने यात्रु सवार विङगरमाथी ट्राफिक प्रहरीले निगरानी बढाएको छ । मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र यातायात कार्यालय गाईघाटले गाईघाट लाहान चल्ने विंङगरलाई जलजलेमा चेक जाँच गरेको थियो । प्रहरी निरिक्षक ट्राफिक इन्चार्ज दान बहादुर मिरिङचिङको नेतृत्वमा चेकजाँच गरिएको हो । दुर्घटना न्युनिकरण गर्ने उदेश्य सहित गरिएको चेकजाँचमा सिट क्षमता भन्दा बढी यात्रु चढाउने, भडा लिस्ट नरान्ने र बढी भढा असुल्ने जस्ता सवारीलाई कार्वाही गरिएको छ । बढी भाडा असुल्ने सवारीमाथी कार्वाही गरिएको छ भने सामान्य गल्ती भएका सवारीलाई सुझाई बुझाई गरिएको छ । गाईघाट लाहान चल्ने सवारीले बढी भाडा असुलेको, ओभर लोड जस्ता समस्याको चर्को आवाज उठेपछि ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो ।...
उदयपुरमा जन्ती बोकेको बसले ठक्कर दिँदा एक युवकको मत्यु

उदयपुरमा जन्ती बोकेको बसले ठक्कर दिँदा एक युवकको मत्यु

Breaking News 1, समाचार
पूुर्णपुष्टि, बैशाख ८ । उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसले ठक्कर दिँदा मोटरसाईलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २७ वर्षीय रोमन बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो । बसको ठक्करबाट बस्नेतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
युद्धका कारण खाडी मुलकका लागी स्थगित गरिएको श्रम स्वीकृत पुन:खुला

युद्धका कारण खाडी मुलकका लागी स्थगित गरिएको श्रम स्वीकृत पुन:खुला

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख ७ । सरकारले इरान–इराक युद्धका कारण खाडी मुलुकका लागी स्थगित गरेको श्रम स्वीकृत पुन:खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको हो । यसअघि सरकारले इरान युद्धका कारण पश्चिम एसियाली क्षेत्रमा उत्पन्न विषम परिस्थितिका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले फागुन १७ गते ती मुलुकहरूमा वैदेशिक रोजगारीमा जान अस्थायी प्रतिबन्ध लगाएको थियो । मन्त्रालयको निर्णयसँगै अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा जारी हुने वैदेशिक रोजगार विभागले जनाएको छ । परिस्थितिमा सुध...
जितेन राईको शब्दमा प्रविनाको माया छ राजै सार्वजानिक

जितेन राईको शब्दमा प्रविनाको माया छ राजै सार्वजानिक

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन
पूर्णपुष्टि, गाईघाट÷ बैशाख ७ गते । उदयपुरकी गायीका रविना राईले मायाँ छ राजै सहित पहिलो आफ्नो प्रस्तुती सार्वजानिक गरेको छ । सर्जक जितन राईको शब्द, डिआर अटुको संगितमा रहेको मायाँ छ राजै प्रविना राई युट्युव च्यानलबाट शनिवार सार्वजानिक गरिएको छ । रविना पछिल्लो समय सुरिलो स्व्रले परिचित गायिका हुन् । उनि उदयपुर आईडल सिजन २ की फाईनलिस्ट प्रतिस्पर्धि समेत थिईन् । सांगितिक क्षेत्रमा अब्बल रुची राख्दै आएकी रविनाले आफ्नो पहिलो प्रस्तुती बजारमा ल्याएकी हुन् । गितले दर्शकहरुको मन जित्नेमा निर्माण टिम ढुक्क रहेको छ । शब्द, संगित र स्वरले भरिपूर्ण गितलाई मायाँ गर्ने र मायामा पर्नेहरुले बिषेश मन पराउने देखिन्छ । https://www.youtube.com/watch?v=L7cgrMbOI4w...
सडक पेटिका फुटपाथ ब्यवसायीहरुलाई  त्रियुगा नगर प्रहरीको ओरेन्टसेन क्लास

सडक पेटिका फुटपाथ ब्यवसायीहरुलाई त्रियुगा नगर प्रहरीको ओरेन्टसेन क्लास

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाटचैत्र २६ गते । गाईघाट बजारको सडक पेटी र मानिस हिड्ने स्थानहरुमा जथाभावी पसल चलाउँदै आएका फुटपाथ ब्यवसायीहरुलाई त्रियुगा नगर प्रहरीले सडक व्यवस्था र सहर व्यवस्थितबारे अभिमुखिकरण (ओरेन्टेसन क्लास) चलाएको छ । उनिहरुले त्यस्ता ब्यपारी तथा ब्यवसायीहरुलाई सडक पेटीहरुमा ब्यपार व्यवसायी नगर्न सुझाउँदै क्लास संञ्चालन गराएको हो । त्रियुगा नगर प्रहरी कार्यालयको कक्षमा अव्यवस्थित व्यवसायीहरुलाई सुझाव सहित क्लास गराईएको हो । गाईघाट बजारको आसपास सडक पेटीहरुमा ब्यवार व्यवसायी संञ्चालनले बजार अस्तव्यस्त हुने गरेको छ । सोही कुरालाई मध्यनजर गर्दै सडक सरसफाई र सहजताको लागि सडक पेटिमा व्यसाय बन्देज गरिएको छ । तर व्यपार व्यवसायीहरुले भने सडक पेटीलाई प्रयोग गरी आफ्नो ब्यपार चलाउने गरेको पाईन्छ । यो मापदण्ड विपरिद रहेको भन्दै उनिहरुलाई कुनै धरपकड बिनै कक्षा मार्फत व्यवस्थित बजारमा सहयोग पुराउ...
फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा राकेश नेपाली चयन

फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा राकेश नेपाली चयन

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/ चैत्र १६ । नेपाल फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा राकेश नेपालीको नेतृत्वमा ९ कार्य समिति चयन भएको छ । सोमवार थारु होम स्टेमा भएको तेस्रो अधिवेशनले नेपालीको अध्यक्षता चयन गरेको कार्य समितिको उपाध्यक्ष गोपाल कृति, सचिवमा बिक्रम राई, सहसचिवमा सौरब मगर कोषाध्यक्षमा आस्था ठकुरी रहेको छ । यस्तै सदस्यहरुमा नयन राई, तिजा सुस्लिङ मगर, भुवन कार्की, प्रशान रौनियार, अभिजित साह, अनु दनुवार, मोहन राउत र शम्भु मगर रहेको छ । यस्तैगरी प्रदेश तथा केन्द्रीय पार्सदहरु अप्सरा समाल, ईश्वर बलम्पाकी, कबिता राई, गंगा राई, देबराज राई, लक्ष्मी पोखरेल बीरसबाबू शाही रहेको छ । संस्थापक अध्यक्ष तथा केन्द्रिय अध्यक्ष गजेन्द्र राईको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा अग्रज पत्रकार महेश्वर चाम्लीङ लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।...
नवनियुक्त मन्त्रीहरुले लिए सपथ, मन्त्रीपरिषद्मा ५ जना महिला

नवनियुक्त मन्त्रीहरुले लिए सपथ, मन्त्रीपरिषद्मा ५ जना महिला

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् । तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएक...