Sunday, June 21News That Matters

Breaking News 1

एन्फा वुमेन्स च्याम्पियनसिप:छाहारी माथि चर्च ब्वाइजको जित

एन्फा वुमेन्स च्याम्पियनसिप:छाहारी माथि चर्च ब्वाइजको जित

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई÷गाईघाट, फागुन २ । उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा जारी एन्फा वुमन्स च्याम्पियनसिपको तेस्रो खेलमा चर्च ब्वाइज युनाईटेड विजयी भएको छ । शनिबार दिउँसो भएको खेलमा छाहारी युवा क्लबलाई ० गोलको विरुद्ध १ गोल गर्दै चर्च ब्वाइजले जित हासिल गरेको हो । खेलको ७८ औँ मिनेटमा चर्च वाइजको तर्फबाट जर्सी नम्बर १० की वर्षा ओलीले गरेको गोल नै जितका लागि निर्णय गोल बन्यो । यस खेलको म्यान अफ द म्याच चर्च वाइज कि वर्षा वली बनिन् । भोलिको एकमात्र खेल एपीएफ र आरएस रिसोर्टबीच हुनेछ । अन्य प्रतियोगि टिमहरुमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा फुटबल क्लब रहेका छन् । उपाधी विजेतालाई ७ लाख पाँचहजार र र उपविजेतालाई ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार रहेको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन छ ।...

काेशीटप्पुकाे तरकारीले सि‌गाे देशलाइ पुग्छ । उदयपुर सिमेन्ट उद्याेगले उदयपुरकाे कायापलट हुनसक्छ : डा‍ कल्याण राेका

Breaking News 1, Breaking News Video, भिडियो, राजनीति
https://youtu.be/2cTHq26gUMc
स्वतन्त्र उम्मेदवार डा. कल्याण रोकालाई जय मातृभुमी पार्टीको समर्थन

स्वतन्त्र उम्मेदवार डा. कल्याण रोकालाई जय मातृभुमी पार्टीको समर्थन

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २५ । उदयपुरको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागी स्वतन्त्र उम्मेदवारी दिएका डा. कल्याण रोका (देवराज) लाई जय मातृभुमी पार्टीले समर्थन गरेको छ । सुरेश कुमार कार्कीको नेतृत्वमा निर्माण भएको जय मातृभुमी पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रोक्कालाई सघाउने निर्णय गरेको हो । पार्टीका अध्यक्ष कार्कीले आफ्नो पार्टीको तर्फबाट कुनै पनि उम्मेदवार नउठाएको हुँदा प्रत्यक्ष तर्फको स्वतन्त्र उम्मेदवार रोकालाई समर्थन गर्ने जनाएका हुन् । अध्यक्ष कार्कीले आफ्नो पार्टीमा आवद्ध रहेको सम्पूर्णले समानुपातिक निर्वाचन प्रणालीमा ‘आमा ’ चुनाव चिन्हमा मतदान गर्न र प्रत्यक्ष तर्फ मुढा चिन्हमा मतदान गर्न अपिल गरेका हुन् ।...
दोस्रो उदयपुर एक्स्पो महोत्सव सुरु, कोशी प्रदेशका पर्यटन मन्त्री पराजुलीले गरे उद्घाटन

दोस्रो उदयपुर एक्स्पो महोत्सव सुरु, कोशी प्रदेशका पर्यटन मन्त्री पराजुलीले गरे उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २३ । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा नदि किनारमा आजदेखी दोस्रो उदयपुुर एक्स्पो महोत्सव सुरु भएको छ । जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आजदेखी सुरु भएको महोत्सवको उदु्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिमप्रसाद पराजुलीले गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री पराजुलीले ब्यापार ब्याबसायको प्रबर्द्धनमा मेला महोत्सवको भुमिका निकै अहम रहने हुदा ब्यापारीक प्रतिस्ठानबाट यस्ता कार्यक्रम निरन्तर रूपमा भैरहनु पर्ने बताएका छन् । ब्यापार, ब्याबसाय जति धेरै चलायमान हुन सक्यो त्यति धेरै आर्थिक समृद्धि हुदै जाने हुँदा यस्ता कार्यक्रमलाई निरंतरता दिन सकेमा ब्यापारीक प्रतिस्ठानले सरकारको मुख ताकि राख्नु नपर्ने र प्रदेश भरी नै सरकारले बार्षिक कार्यक्रम बनाएर आर्थिक बिकासमा सहयोग पुग्योस भन्ने उदेश्यले मेला महोत्सवमा आर्थिक सहयोग गर्दै आएको बताए । क...
भोलिदेखि दोस्रो उदयपुर एक्सपोको महोत्सव हुँदै

भोलिदेखि दोस्रो उदयपुर एक्सपोको महोत्सव हुँदै

Breaking News 1, समाचार
गाईघाट÷पूर्णपुष्टि, माघ २३ । उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित त्रिगा नदी किनारमा (भोलि) शुक्रबारदेखि दोस्रो उदयपुर एक्सपो महोत्सव २०८२ सञ्चालन हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि सुरु हुन गइरहेको महोत्सवको तयारी पूर्णरूपमा सम्पन्न भएको जिल्ला उद्योग वाणिज्य सङ्घ उदयपुरका महासचिव सुनिल शाहले जानकारी दिए । यस महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्ने महासचिव शाहले जनाए । कृषि वन पर्यटन शिक्षा कला संस्कृति उद्योग र व्यापार उदयपुरको पहिचान समृद्धिको आधार भन्ने मूल नाराका साथ सञ्चालन हुन गइरहेको यस महोत्सव १६ दिनसम्म सञ्चालन हुनेछ । यस महोत्सवको मुख्य उद्देश्य उदयपुर जिल्लासहित कोशी प्रदेशको कृषि उद्योगी व्यवसायी तथा उद्यमीहरूका उत्पादनलाई एउटै थलोमा उद्यमीहरूका उत्पादनलाई एउटै थलोमा प्रदर्शन प्रवर्धन र बजारीकरण गर्नु रहेको महासचि...
आफू विरुद्ध भ्रम फैलाएको भन्दै स्वतन्त्र उम्मेदवार राेकाद्वारा पत्रकार सम्मेलन

आफू विरुद्ध भ्रम फैलाएको भन्दै स्वतन्त्र उम्मेदवार राेकाद्वारा पत्रकार सम्मेलन

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/२० माघ, २०८२ । उदयपुर उदयपुर १ का स्वतन्त्र उम्मेदवार देवराज रोका कल्याण रोकाले आज पत्रकार सम्मेलनको आयोजना गरी आफू विरुद्ध भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । उनले नेकपा एमालेका केही व्यक्तिहरूले सामाजिक सञ्जाल प्रयोग गरी आफू विरुद्ध भ्रम फैलाएको बताएका छन्। हिजो मात्र एमाले निकट उम्मेदवार र नेता कार्यकर्ताहरूसँग नाचगान गरेको पुरानो भिडियो सार्वजनिक गर्दै एमाले उम्मेदवारलाई समर्थन जनाएको जस्ता भ्रामक कुरा फैलाएको भन्दै आपत्ति जनाएका हुन् । उनले यस कार्यलाई अति निच कार्य भएको उल्लेख गरेका छन्। चुनावको सङ्गीन घडीमा आफू दृढ र इमान्दारपूर्वक स्वतन्त्र र साझा उम्मेदवारको रुपमा अगाडि बढिरहेको बेला यस्तो कार्य गर्नु निच कार्य हो। उनले भनेका छन् । केही समय अगाडि एमाले पार्टी उदयपुरले आफूलाई एमालेले चिन्दैन भनेर विज्ञप्ति निकाल्ने र अहिले एमालेको भन्दै भिडियो सार्वजनिक गर्ने यो कस्तो...
सहिदहरुलाई सम्झँदै गाईघाटका जेनजीहरुले गरे दिप प्रज्वलन

सहिदहरुलाई सम्झँदै गाईघाटका जेनजीहरुले गरे दिप प्रज्वलन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि / गाईघाट / माघ, १६ गते । गाईघाटमा पनि जेनजी युवाहरुले सहिद दिवस मनाएको छ । शुक्रबार गाईघाट मेनचोक स्थित जेनजी उदयपुर सचेत युवा समूहको आयोजनामा दिप प्रज्वलन गरी सहिद दिवस मनाईएको हो । बीर सहिदहरु अमर रहुन भन्ने नाराका साथ सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । बिषेशगरी युवा पुस्ताहरुको उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो । जेनजी अगुवा सुरेन्द्र राई र निमेश राई लगायत युवाहरुले दिवसमा सहिदहरुलाई सम्झिए । कार्यक्रममा सहिदहरुको सम्मान स्वरुप मौन धारण र राष्ट्रिय गान गरिएको थियो ।...