Sunday, April 19News That Matters

नवनिर्वाचित सांसदहरुको सपथ आज

पूर्णपुष्टि, चैत्र १२ । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसदहरुको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ । सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे हुनेछ ।

संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ ।

संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन् ।