Friday, April 17News That Matters

ग्लोबल मनी विक २०२६ को अवसरमा गाईघाटमा प्रभातफेरि सम्पन्न

पूर्णपुष्टि सम्बाददाता
गाईघाट । ६ चैत्र, २०८२ ।
ग्लोबल मनी विक २०२६ को अवसरमा उदयपुरको गाईघाटमा प्रभातफेरि भएको छ । गाईघाट बैंकर्सको आयोजनामा प्रभातफेरी भएको हो । गाईघाट बजार क्षेत्रमा कार्यरत विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
​भविष्यका लागि बचत गरौँ र सुरक्षित डिजिटल बैंकिङको प्रयोग गरौँ जस्ता वित्तीय साक्षरता नाराहरू लेखिएका प्लेकार्डसहित प्रभातफेरि गरी गाईघाट मुख्य बजारको परिक्रमा गरिएको थियो । युवा तथा विद्यार्थीहरूमा वित्तीय सचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकर्सहरूले सर्वसाधारणलाई बचतको महत्व, सुरक्षित बैंकिङ कारोवार एवम् आर्थिक अनुशासनबारे जानकारी गराएका थिए ।
​विश्वभर मार्च १६ देखि २२ सम्म मनाइँदै गरिएकोमा यो साता नेपालमा पनि नेपाल राष्ट्र बैंकको समन्वयमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ।