पत्रकार देवराम यादवमाथि आक्रमणको विरोध, दोषीलाई तत्काल कारबाही गर्न माग
पूर्णपुष्टि सम्बाददाता/काठमाडौं, असार ६ ।
पत्रकार देवराम यादवमाथि भएको आक्रमणको घटनाप्रति विभिन्न पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल र संघीय प्रेस यूनियन ९एकता पक्षधर० ले संयुक्त विज्ञप्ति जारी गर्दै प्रेस सेन्टर नेपालका पूर्वउपाध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी पत्रकार देवराम यादवमाथि भएको आक्रमणको घोर निन्दा गरेका हुन् ।
विज्ञप्तिअनुसार सप्तरीको महादेवा गाउँपालिकामा सडकको गुणस्तरसम्बन्धी समाचार प्रकाशन गरेको विषयलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवको निर्देशनमा पत्रकार यादवमाथि आक्रमण भएको आरोप लगाइएको छ ।
आक्रमणबाट घाइते भएका गोरखापत्रका संवाददाता यादव हाल राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत छन् । घटनाका क्रममा आक्रमण रोक्न खोज्दा भोलीदेव...








