
चाम्लीङ्ग खाम्वात्तिम त्रियुगा नगरको प्रथम सम्मेलन सम्पन्न
पूर्णपुष्टि, १९ बैशाख ।
चाम्लीङ् खाम्वात्तिम त्रियुगा नगरले पहिलो साधारण सभा सफलताका साथ सम्पन्न गरेको छ । बिहिबार त्रियुगा नगरपालिका वडा नं ११ को साकेला थानमा भएको सम्मेलनमा संस्थाको आर्थिक प्रतिवेदन, प्रगति प्रदिवेन सार्वजानिक गरिएको थियो । चाम्लीङ् खाम्वात्तिमको त्रियुगा नगर अध्यक्ष पर्शराज राईले ४ बर्ष भित्र संस्थाले भए गरेका काम कार्वाही बारे प्रष्ट पारेका थिए भने संस्थाकी कोषाध्यक्ष गिता राईले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् । कोषाध्यक्ष राईले संस्थामा भए गरेका गतिविधिमा आर्थिक पार्दशिताबारे जवाफ समेत दिईन् ।
हाल संस्था आर्थिक स्रोतले नाफामै रहेको पनि प्रतिवेदनले प्रष्ट पारेको छ । अध्यक्ष पर्शराज राईले खाम्वात्तिम त्रियुगा नगर कमिटीलाई चलायमान बनाउन बिभिन्न कार्यक्रमहरु गरिएको जनाए । शसक्त टिम परिचालन गरी चाम्लीङ समुदायको संस्कार संस्कृति, भाषा र इतिहाँसलाई बचाउन संस्था लागि...