Monday, May 11News That Matters

मतगणना सकिएकै दिन राजनीतिक लयमा फर्किए नेपाली कम्युनिष्ट पार्टीका नेता बलदेव चौधरी

२५ फागुन, २०८२ । उदयपुर
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुर–१ बट नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार बनी चुनाव लडेका बलदेव चौधरी राजनीतिक लयमा फर्किएका छन् । चुनाव एउटा लोकतान्त्रिक पद्धती हो भन्दै चाौधरीले चुनावमा हार भएपनि राजनीतिक जिम्मेवारी र लय छोड्नु हुन्न भनेका छन् । आज विहान उदयपुरको सम्पूर्ण मतगणना सकिएर प्रत्यक्ष र समानुपातिक दुबैको अन्तिम परिणाम सार्बजनिक भएपछि निजनिवास पुरानो गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरी नेता चौधरीले आजबाट पुनः राजनीतिक लयमा फर्केको जनाए । “चुनाव एउटा लोकतान्त्तिक पद्धता हो, जनताको सेवा र राजनीतिक गतिविधि राजनीतिकर्मीको दिनचर्या हो ।” उनले भने –त्यसैले आजबाट जनताको काम र राजनीतिक गतिविधिमा फर्किएको छु ।
उदयपुर–१ म चुनावी नतिजाअनुसार पहिलोमत प्राप्त गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका पारशमणि गेलाल विजय बने भने श्रम संस्कृती पार्टीका राजेशकुमार राई दोस्रो भए । पुराना ठुला राजनीतिक शक्तिहरुलाई पछि पार्दै नेपाली कम्युनिष्ट पार्टीका चौधरी तेस्रो भएका थिए ।
एक स्वतन्त्रसहित १८ जना उम्मेदवार रहेको उदयपुर –१ मा ७९ हजार ४६३ मत खसेको थियो । जसमा रास्वपाका गेलालको ३० हजार ५९० पहिलोमत, श्रम संस्कृतीका राईको ११ हजार ६०६ मत प्राप्त हुँदा नेपाली कम्युनिष्ट पार्टीका चौधरीको १० हजार २० तेस्रो मत आएको थियो । चौथोस्थानमा नेपाली कांग्रेसका विदुर बस्नेतको ९ हजाार ६७५ र पाँचौस्थानमा नेकपा एमालेका दुर्गाकुमार थापाको ९ हजार २०६ मत आएको थियो ।
उदयपुर र देशब्यापी रुपमा रास्वपाको नसोचिएकोरुपमा ठूलो मत आउनुले पुराना राजनीतिक दलहरुलाई सच्चिन जनताको सन्देश हो उनले भनेका छन् ।