
पूर्णपुष्टि, गाईघाट÷ बैशाख ९ गते ।
गाईघाटबाट लाहान जाने यात्रु सवार विङगरमाथी ट्राफिक प्रहरीले निगरानी बढाएको छ । मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र यातायात कार्यालय गाईघाटले गाईघाट लाहान चल्ने विंङगरलाई जलजलेमा चेक जाँच गरेको थियो । प्रहरी निरिक्षक ट्राफिक इन्चार्ज दान बहादुर मिरिङचिङको नेतृत्वमा चेकजाँच गरिएको हो । दुर्घटना न्युनिकरण गर्ने उदेश्य सहित गरिएको चेकजाँचमा सिट क्षमता भन्दा बढी यात्रु चढाउने, भडा लिस्ट नरान्ने र बढी भढा असुल्ने जस्ता सवारीलाई कार्वाही गरिएको छ । बढी भाडा असुल्ने सवारीमाथी कार्वाही गरिएको छ भने सामान्य गल्ती भएका सवारीलाई सुझाई बुझाई गरिएको छ ।
गाईघाट लाहान चल्ने सवारीले बढी भाडा असुलेको, ओभर लोड जस्ता समस्याको चर्को आवाज उठेपछि ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो ।
