Tuesday, May 12News That Matters

जवरजस्ती करणी कसुरमा १० बर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, बैशाख २९ । उदयपुर जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसुरमा १० बर्ष कैद सजाय फैसला भई फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–७ कैवाई बस्ने ७० बर्षीय दिल बहादुर मिरङचिङ मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अस्थाई प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले आईतबार राती करिब ८ बजेको समयमा कौवाई खोला क्षेत्रमा हिँड्डुल गरिहेको अवस्थामा मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगलाई फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।