Friday, May 1News That Matters

गाईघाटमा सुरु भयो साकेला उभौली

पूर्णपुष्टि, गाईघाट/१८ गते ।
गाईघाटमा आजबाट साकेला उभौली सुरु भएको छ । शुक्रबार साकेला थानमा प्रकृतीलाई पुज्दै साकेला उभौली सुरु गरिएको हो । किरात समुदायहरुले मंसिरे पुर्णिमा र बैशाखे पूर्णिमा गरी बर्षमा २ चोटी यो पर्व मनाउने गर्छ । बैशाखे पूर्णिमा मंसिरे पुर्णिमा भन्दा अझै ब्यापव रुपमा मनाईन्छ । गाईघाट स्थित साकेला थानमा पुजा पश्चात शुभकामना आदान प्रदान र प्रसाद ग्रहण गरेर साकेला नाच्दै यो बर्षको उभौलीको उद्घाटन गरिएको छ । आयोजक किरात राई यायोख्खा त्रियुगा नगर समिति ११, १२ र १३ को संयुक्त आयोजनामा उभोली सुरु गरिएको हो । उद्घाटनको दिन त्रियुगा नगरपालिका ३ मोतिगडामा साकेला नाचिने छ । भने जेष्ठको १६ गते गाईघाट साकेला थानमा उभोली सम्पन्न गरिनेछ ।