Saturday, May 2News That Matters

गाईघाटमा सुरक्षित सडक अभियान सुरु

पूर्णपुष्टि ÷ गाईघाट, बैशाख १९ । उदयपुरको सदरमुकाम गाईघाटमा आज सुरक्षित अभियान सुरु भएको छ । शनिबार नव प्रभात नेपाल उदयपुरको आयोजनामा निलोपुलस्थित युनिभर्सल स्केटिंग पार्कको हलदेखी ‘सुरक्षित गन्तव्य, सुरक्षित जीवन र सुरक्षित यात्रा हाम्रो जिम्मेवारी’ भन्ने मुल नाराका साथ अभियान सुरु गरिएको हो ।

अभियानका क्रममा मदनभण्डारी राजमार्ग अन्तर्गत गाईघाट बजारका सडकमा संचालन हुने सवारी साधनका चालकलाई सुरक्षित यात्रा गर्न सचेत गराईएको साथै, सवारी साधनमा सचेतना मुलक पमप्लेट टासेँर पठाईएको थियो । उदयपुरमा दिनप्रतिदिन सडक दुर्घटना बढ्दै गईरहेकोले सुरक्षित सडक अभियान सुरु गरिएको आयोजकले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरको समन्वय, टोल विकास संस्था, समन्वय समिती र महिला बाईक राईडर उदयपुरको सहभागितामा अभियान संचालन भएको हो ।