
पूुर्णपुष्टि, बैशाख ८ । उदयपुरको बेलका नगरपालिका–३ सातपत्रेमा जन्ती बोकेको बसले ठक्कर दिँदा मोटरसाईलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २७ वर्षीय रोमन बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो । बसको ठक्करबाट बस्नेतको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
