Saturday, June 27News That Matters

गाईघाटमा पहिलो पटक स्केट बोर्डिङ वर्कसप

पूर्णपुष्टि, गाईघाट/असार १३ गते ।
गाईघाटमा पहिलो पटक स्केट बोर्डिङ वर्कसप आयोजना गरिएको छ । शनिवार गाईघाट स्थित थारुहट रंगशाला छेउ अवस्थित स्केट पार्कमा स्केट बोर्डिङ कार्यशाला गरिएको हो । वर्कसपको लागि नेशनल जर्ज, नेशनल खेलाडी सहितको टोली र संघका केन्द्रीय उपाध्यक्ष समेत उपस्थित थिए । गाईघाटमा स्केट बोर्ड फस्टाउन नसकेपनि यसको आकर्षण भने पछिल्लो समय बढेर गएको छ । स्केट बोर्ड उदयपुरका अध्यक्ष तथा अभियान्ता महेन्द्र राईका अनुसार भर्खरै यस खेलको बिषयमा खेलाडीहरुले चासो राख्दै गएको छ । राईले गाईघाटमा स्केट गेमको लागि अनगिन्ती संघर्ष गरेको सुनाए । देशका बिभिन्न जिल्ला र सहरमा स्केट बोर्डको विकास र प्रतिस्पर्धा भैरहँदा उदयपुरमा कुनै चासो थिएन । पछि यसको बिकास गर्न आफु अभियानमा लागेको बताए । अहिले निकै खेलाडीहरु उत्पादन भैसकेको राईको भनाई छ । अलिक रिक्स गेम भएका कारण यस गेमलाई सहर्स स्वीकार गर्न नसक्दा यसको बिकास गर्न कस्ट परेको राईको भनाई छ । यसका लागि मापदण्ड अनुरुप पार्क र स्थान र जिम्मेवारीको आवश्यक पर्ने राईको भनाई छ । कुनै समय गाईघाटको सडकमा स्केट गर्दा ट्राफिकले कार्वाही गरेको समेत राईले स्मरण गरे । यस्तो अवस्थाबाट अहिले यसको आकर्षणले स्थान लिईरहँदा उनि गर्व गर्छन् । खेलाडीहरुमा भएको यो कलामा आफुले थप सहयोग र साथ दिने उनको प्रतिवद्धता समेत रहेको छ । उनले उदयपुरबाट जिल्ला, प्रदेश, देश हुँदै विश्वमा समेत खेलाडीहरु उत्पादन गर्ने लक्ष्य रहेको बताए ।