
पूर्णपुष्टि/ गाईघाट / जेष्ठ १५ गते
विश्व महिनावारी स्वच्छता दिवस २०२६ को अवसरमा महिनाबारी स्वच्छता सम्बन्धी स्वास्थ्य शिक्षा तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
World Vision को आर्थिक सहयोग तथा मानव अधिकार र वातावरण विकास समाज उदयपुर र जाल्पा एकीकृत विकास समाज उदयपुरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
रौतामाई गाउँपालिका वडा नं. ७ स्थित श्री नमुना मावि मुर्कुची तथा रौता सामुदायिक हित केन्द्र मुर्कुची को सभाहलमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा नमुना मावि मुर्कुचीका १११ जना विद्यार्थी भाइबहिनीहरूको सहभागिता रहेको थियो ।
सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई १/१ थान स्यानिटरी प्याड वितरण गरिएको थियो। कार्यक्रमको सहजीकरण जाल्पा एकीकृत विकास समाज उदयपुरकी मनोसामाजिक परामर्शकर्ता जानुका कार्की, मुर्कुची स्वास्थ्य चौकीबाट सुमित्रा विश्वकर्मा, महिला स्वयंसेविका गीता केसी तथा हुरेन्डेकबाट प्रतिमा खरेलले गर्नुभएको थियो । साथै, कार्यक्रम सञ्चालन हुरेन्डेकका सामुदायिक सहजकर्ता गजेन्द्र लायो मगरले गर्नुभएको थियो । कार्यक्रममा रौता सामुदायिक हित केन्द्रकी सल्लाहकार राधा आलेले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता प्रकारका सचेतनामूलक कार्यक्रम समुदायमा सञ्चालन गरेकोमा आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।



