
पूर्णपुष्टि, गाईघाट/ असार २६ गते ।
-बिक्रम राई
मुक्तिनाथ बिकास बैँक गाईघाट शाखाले त्रियुगा ९ राजावास अम्वेवर माविका ३२५ बिद्यार्थीहरुलाई झोला प्रदान गरेको छ । बैँकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालय परिसरमै पुगेर ठुलो संख्यामा बिद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।
बैँकका गाईघाट शाखा प्रवन्धक सुरेश खत्रीले बैँकको उदेश्य खाली नाफा कमाउने मात्रै नभई सामाजीक कार्य सँगै सेवामुखी र जनमुखी जस्ता क्षेत्रहरुमा पनि उत्तिकै जिम्मेवार हुनु पर्नेमा जोड दिए । सोही उदेश्य अनुरुप बैँकले आर्थिक कारोबार र नाफामा मात्रै ध्यान नदिई नाफाको केहि प्रतिशत सामाजिक उत्तरदायित्व कार्यक्रममा लगानी गरेको बताए ।

उक्त विद्यालयमा अध्यानरत आर्थिक आवस्था कम्जोर भएको विद्यार्थीहरुलाई शैक्षिक पठनपाठनमा सहज र सहयोग मिलोस भन्दै झोला वितरण गरिएको प्रवन्धक खत्रीको भनाई छ । झोला वितरण कार्यक्रममा सहभागी त्रियुगा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष राज कुमार दनुवारले सामाजिक उत्तरदायित्त अन्तरर्गत बैँकले विद्यार्थीहरुलाई गरेको लगानीको उच्च सम्मान गरेको छ । यस कार्यक्रम मार्फत अन्य थुप्रै क्षेत्रहरुमा लागानी गर्न सक्ने अवस्था हुँदा हुँदै पनि बिषेशगरी विद्यालय त्यसमा पनि आफ्नै वडाको विद्यालयलाई प्राथामिकतामा राखी झोला वितरण गरिएको भन्दै अध्यक्ष दनुवारले खुसी ब्यक्त गरे । मुक्तिनाथ बैँक गाईघाट शाखालाई धन्यवाद दिँदै यस विद्यालयका विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुराएको प्रति आभारी भए ।
कर्जा बिभागमा कार्यरत सागर राईका अनुसार केहि समय अघि मात्रै पनि यसै विद्यालय सँगै त्रियुगा ८ बाघचौरी खाटमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई समेत झोला वितरण गरिएको थियो । यस्ता कार्यक्रमहरु बैँक द्वारा अन्य विद्यालय लगायत बिभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आएको र आगमी दिन हरुमा पनि निरन्तर रुपमा गर्दै जाने राईले जनाए ।
बैँकको झोला उपहारले विद्यार्थीहरुमा छाएको खुसी
मुक्तिनाथ बिकास बैँक गाईघाट शाखाले यस विद्यालयमा यहि असार महिनामा मात्रै दुई पटक झोला वितरण गरिसकेको छ । पहिलो पटक करिब ५० जना र पछिल्लो पटक ३२५ गरी जम्मा ३७५ जना विद्यार्थीहरुलाई झोला वितरण गरेको बैँकले जनाएको छ । आर्थिक अवस्थाले कम्जोर भएका विद्यार्थीहरुलाई झोला वितरण गर्दा परि
वारलाई पठनपाठनमा राहत मिलेको छ । झोला पाएपछि विद्यार्थीहरु पनि खुसी छन् । नयाँ झोला प्राप्त गरेका विद्यार्थीहरुलाई विद्यालय आउन थप उत्साह मिलेको छ । यता विद्यालय परिवार पनि उत्तिकै खुसी छन् । आर्थिक भारले थिचेको परिवारको विद्यार्थीलाई विद्यालयमा पठनपाठन गर्न मुस्कील भैरहेको बेलामा कुनै स्वार्थ विनै बैँकले लगानी गर्दा विद्यार्थीहरुलाई प्रोत्सान सँगै सहयोग मिलेको विद्यालय परिवारको भनाई छ । विद्यालयले आउने समयहरुमा पनि बैँक सँग थप आशा अपेक्षा राखेको छ । वडा अध्यक्ष राज कुमार दनुवार सहित वडा जन प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक शिक्षिका, विद्यार्थी तथा अभिवावकहरुको उपस्थितिमा झोला वितरण गरिएको थियो ।

