Monday, September 14News That Matters

उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

२८ भदौ, २०८३ । उदयपुर

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा करेन्ट लागेर आइतवार एक जनाको मृत्यु भएको छ ।
बिहान हातमुख धुने क्रममा हातेकलमा जडान गरिएको विद्युतीय मोटरवाट करेन्ट लागेर स्थानीय सुकदेव चौधरीको मृत्यु भएको हो ।
करेन्ट लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको हुनसक्ने स्थानीय शिक्षक भाष्कर चौधरीले बताए ।
घटनाबारे इलाका प्रहरी कार्यालय सिवाईले थप अनुसन्धान गरिरहेको छ ।
विद्युतीय मोटर जडान भएको हातेकल चलाउदा  सावधानी नअपनाउन चौधरीको ज्यान गएको छ । यकिन कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको