
पूर्णपुष्टि संवाददाता
दक्षिण कोरिया / २ भदौ २०८३ ।
नेपाली ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको आयोजनामा सम्पन्न ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता २०२६ मा ए लेभल तर्फ किरण भण्डारी/ईश्वर क्षेत्री प्रथम, धुर्व गुरुङ/खिम केसी द्वितीय तथा नवीन कार्की/बचन सेन तृतीय भए ।
बी लेभल तर्फ प्रशान्त पुन/दिलराज क्षेत्री प्रथम, विकास तामाङ/विवेक भट्टराई द्वितीय तथा तेज आले/तेजु गुरुङ तृतीय भए ।
त्यस्तै, सी लेभलमा लुकेन्द्र फौजा मगर/माधव अर्याल प्रथम, प्रिन्स भारती/लक्ष्मण श्रेष्ठ द्वितीय तथा दीपेन्द्र/मोहन लिम्बु तृतीय भए। महिला विधातर्फ रेणु लामा/जुनु मगर प्रथम, शर्मिला थापा मगर/कल्पना पुन द्वितीय तथा एनविन थापा/सजना महर्जन तृतीय भए ।
आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने अतिथि, संघ–संस्था, क्लब, खेलाडी तथा शुभेच्छुकप्रति आभार प्रकट गरेको छ । प्रतियोगिताका प्रमुख अतिथि एनसीसीका अध्यक्ष हर्क बिष्ट, विशेष अतिथि तथा संस्थाका संरक्षक नारायण पौडेल, कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष धर्म तिवारी, लुम्बिनी प्रदेशका हिमाल खनाल, फुटबल महासंघका संरक्षक ब्रोतमुज्यु, पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष सन्तोष खड्का लगायत हुनुहुन्थ्यो साथै विभिन्न संघ–संस्था, राजनीतिक तथा बौद्धिक क्षेत्रका प्रतिनिधिहरू अतिथि हुनुहुन्थ्यो ।
आयोजकले आगामी प्रतियोगितालाई थप प्रभावकारी बनाउन सबैको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दै प्रतियोगिता सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेको छ ।
इक्सान, दुन्दोछन, इन्छन, फरान, ओसान, आन्सान, आन्सङलगायत विभिन्न क्षेत्रका क्लबका अध्यक्ष, कार्यसमिति पदाधिकारी, खेलाडी तथा शुभेच्छुकहरूको सहभागिता र सहयोगले प्रतियोगिता सफल भएको आयोजकको भनाइ छ ।
रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका खेलाडीहरूवीच सौहाद्रता र मित्रता कायम गर्दै खेल र खेलाडीलाई प्रोत्साहनको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक निकेश आलेले बताउनु भयो ।
फोटो फिचर : फोटो सौजन्य – निकेश आले

