
पूर्णपुष्टि, गाईघाट/भदौ १७ गते ।
Habitat for Humanity Nepal सहारा नेपालको सहकायर्मा Homes नेपालको परियोजना अन्तर्गत विद्यार्थीहरुलाई बित्तीय साक्षरता र सुरक्षित आवास सम्बन्धि एक दिने सचेतना मुलक तालिम दिईएको छ ।
मंगलबार त्रियुगा मावि विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता, डिजिटल वित्तीय सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी, सुरक्षित आवास तथा जोखिम व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा युवाहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता तथा सकारात्मक सोच विकास गर्ने भन्दै 3 zero club अगिद समेत गठन गरिएको छ ।
HOMEs Nepal परियोजनाका व्यवस्थापक किशन गौतमले परियोजनाको परिचय सँगै वित्तीय साक्षरताले समुदायमा महत्वपूर्ण भुमिका खेल्ने र योगदान पु¥याउने बताउनुभयो । यस्ता कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गर्न प्रेरित गर्नु पर्ने उहाँको भनाई थियो ।

त्यसैगरी, वित्तीय साक्षरताअन्तर्गत डिजिटल वित्तीय सेवा सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा उपाय तथा सावधानी, सुरक्षित आवास र जोखिम व्यवस्थापनका विषयमा त्रियुगा नगरपालिकाकी सामुदायिक सहजकर्ता रञ्जु दनुवारले प्रशिक्षण तथा अन्तरक्रिया सञ्चालन गर्नुभएको थियो । उहाँले डिजिटल माध्यमबाट हुने वित्तीय कारोबारमा व्यक्तिगत विवरण, पासवर्ड, OTP लगायतका संवेदनशील जानकारी सुरक्षित राख्नुपर्ने विषयमा विद्यार्थीहरूलाई सचेत गराउनुभएको थियो । कार्यक्रममा विद्यालयका ८५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन त्रियुगा माध्यमिक विद्यालयले आवश्यक हल तथा ध्वनि प्रणाली (साउन्ड सिस्टम) को व्यवस्थापन गर्नुका साथै कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाएको थियो । विद्यालयका व्यवस्थापक विनोद खतीवडाले कार्यक्रमको समापनका क्रममा मन्तव्य राख्दै विद्यार्थीहरूका लागि वित्तीय साक्षरता, डिजिटल सुरक्षा, सुरक्षित आवास तथा जोखिम व्यवस्थापनसम्बन्धी ज्ञान अत्यन्त उपयोगी रहेको बताउनुभयो ।
कार्यक्रमले विद्यार्थीहरूलाई वित्तीय कारोबार तथा डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग, सुरक्षित आवासको महत्व र सम्भावित जोखिम व्यवस्थापनबारे व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ।

