
पूर्णपुष्टि, गाईघाट/२७ गते ।
गाईघाटमा मंगलबार साँझ करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका वडा नं ११ ज्योति टोल पुरानो ११ नं वडा कार्यालय स्थित ६५ बर्षिय बद्री नारायण चौधरीको करेनट लागेर मृत्यु भएको हो । पुजा गर्ने क्रममा लाईन जोड्दै गर्दा एक्कासी करेन्ट लागेर घाईते भएको चौधरीको अस्पताल पुराएपछि डाक्टरले मृत्यु घोषणा गरेको हो । चौधरीको शव जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने मुचुल्का उठाने काम गरिरहेको छ ।


