
पूर्णपुष्टि, बेलका असोज २८ ।
उदयपुर स्थित बेलका नगरपालिकामा जंगली हात्ति मरेको अवस्थामा फेला परेको छ । नगरपालिकाको वडा नं १ धान खेतमा मंगलबार जंगली हात्ति मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी गराउनुभयो । ‘सानो दारे’ नामको हात्ती कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर टाढा मृत भेटिएको श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार करिब २०–२५ वर्षे जंगली भाले हात्ती मंगलबार मृत अवस्थामा फेला परेको हो । प्रारम्भिक अनुमानमा हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने देखिएको छ, र कोशीटप्पु वन्यजन्तु आरक्षले आज पोस्टमार्टम गर्नेछ ।


