
पूर्णपुष्टि, मुर्कुची÷कार्तिक ४ गते ।
उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा यहि कार्तिक ८ गतेदेखी रौतामाई गोल्डक आयोजना सुरु हुने भएको छ । रौतामाई गाउँपालिकाको बिषेश सहयोग, रौतामाई गाउँपालिका युवा तथा खेलकुद विकास समितिको प्रायोजक र रौता स्पोर्ट क्लवको आयोजनामा प्रतियोगिता हुन गैरहेको छ । प्रतियोगितामा उदयपुर जिल्ला सहित धरान, मोरङ, सप्तरी, सिराहा, सिन्धुली लगायतका आकर्षक क्लवहरुको सहभागी रहने आयोजकले जनाएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताको लागि तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको बिजेता टिमले नगद रु १ लाख, ट्रफि र प्रमाण पत्र पाउनेछ । प्रतियोगिता १५ गते समापन गरिने छ ।
