Wednesday, November 4News That Matters

टाइब्रेकरमा चित्लाङलाई हराउँदै न्यु स्टार सुनसरी सेमिफाइनलमा

वीरसबाबु शाही / पूर्णपुष्टि

१५ कार्तिक २०८३, उदयपुर । प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा चित्लाङ एफसीलाई टाइब्रेकरमा पराजित गर्दै न्यु स्टार एफसी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

उदयपुरको थारुहट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा न्यु स्टार सुनसरीले चित्लाङ एफसीलाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको निर्धारित समयभर दुवै टोलीले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए । दुवै पक्षबाट समान दुई गोल भएपछि विजेताको टुङ्गो टाइब्रेकरबाट लगाइएको थियो ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका न्यु स्टार एफसी सुनसरीका गोलरक्षक सन्देश चौधरी म्यान अफ द म्याच घोषित भएका छन् । चौधरीलाई कोशी प्रदेशसभा उपसभामुख सृजना दनुवारले पुरस्कार हस्तान्तरण गर्नु भएको छ ।