Wednesday, April 22News That Matters

त्रिनपा १५ कुभिण्डेमा भलिवल प्रतियोगिता हुँदै, कति छ प्रथम पुरस्कार

पूर्णपुष्टि, ११ असोज ।
त्रियुगा नगरपालिका १५ स्थित कुभिण्डेमा भव्य भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । जनकल्याण सामुदायिक वन उपभोक्त समिति त्रियुगा नगरपालिका १५ कुभिण्डेको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यहि असोज २१ गतेबाट असोज २३ सम्म हुने आयोजकले जनाएको छ । हिन्दुहरुको महान चाड बिजय दशमीको अवसरमा “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नारालाई जोड्दै खेल आयोजना गर्न लागेको प्रतियोगितका सम्पर्क व्यक्ती केबल मगरले जनाए । मगरका अनुसार खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो ।

मगरले उक्त खेलमा उपस्थित हुन खेलप्रमेमी, खेलाडी तथा स्थानीयहरुलाई आह्वान गरेको छ । खेलमा प्रथम हुने टिमलाई ६६,६६६ नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई नगद रु ३३,३३३ रुपयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै तेस्रो हुने टिमलाई भने ११,१११ नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने मगरले जनाए । यो सँगै उत्कृष्ट खेलाडीहरुलाई बिद्यागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । उत्कृष्ट खेडाली, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट कोचलाई पनि नगद शिल्ड र प्रमाण पत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । टिम दर्ताका लागि ३३३३ रुपयाँ शुल्का लाग्नेछ ।