Saturday, May 2News That Matters

Author: पूर्णपुष्टि खबर

त्रिनपा १५ कुभिण्डेमा भलिवल प्रतियोगिता हुँदै, कति छ प्रथम पुरस्कार

त्रिनपा १५ कुभिण्डेमा भलिवल प्रतियोगिता हुँदै, कति छ प्रथम पुरस्कार

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, ११ असोज । त्रियुगा नगरपालिका १५ स्थित कुभिण्डेमा भव्य भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । जनकल्याण सामुदायिक वन उपभोक्त समिति त्रियुगा नगरपालिका १५ कुभिण्डेको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यहि असोज २१ गतेबाट असोज २३ सम्म हुने आयोजकले जनाएको छ । हिन्दुहरुको महान चाड बिजय दशमीको अवसरमा “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नारालाई जोड्दै खेल आयोजना गर्न लागेको प्रतियोगितका सम्पर्क व्यक्ती केबल मगरले जनाए । मगरका अनुसार खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो । मगरले उक्त खेलमा उपस्थित हुन खेलप्रमेमी, खेलाडी तथा स्थानीयहरुलाई आह्वान गरेको छ । खेलमा प्रथम हुने टिमलाई ६६,६६६ नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई नगद रु ३३,३३३ रुपयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै तेस्रो हुने टिम...
त्रियुगा नगरपालिकामा नगर अस्पताल सञ्चालन

त्रियुगा नगरपालिकामा नगर अस्पताल सञ्चालन

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ३ असोज । त्रियुगा नगरपालिकाले आफ्नो ५ नम्बर वडामा नगर अस्पताल सञ्चालनमा ल्याएको छ । बिहीबार नगर प्रमुख बसन्त बस्नेतले अस्पतालको औपचारिक उद्घाटन गरेसँगै अस्पताल सेवा शुरु भएको हो । ५ शय्याको यस अस्पतालमा एमबिबिएस डाक्टर अनिल आचार्य सहित १६ जना कर्मचारीहरु खटाइएका छन् । नगर प्रमुख बस्नेतका अनुसार वडा नं ५ को स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको रूपमा विकास गरिएको हो । अस्पतालले प्रसूति सेवा, खोप, आकस्मिक सेवा, फार्मेसी, प्रयोगशाला, भिडियो एक्स(रे लगायतका सेवाहरू प्रदान गर्नेछ। स्थानीय सरकारले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी यो अस्पताल निर्माण गरेको नगर प्रमुख बस्नेतले बताए । अस्पताल सञ्चालन समितिमा बसन्त बस्नेत अध्यक्ष, महेश्वरी राई उपाध्यक्ष, बिष्णुभक्त सिग्देल, उद्धव कुमार थापा, तनुकलाल चौधरी, चीन बहादुर राई, लक्ष्मी थापा र किरण कुमार कार्की सदस्य तथा ड...
त्रियुगा नगरपालिका १६ मा विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न

त्रियुगा नगरपालिका १६ मा विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, १ असोज । त्रियुगा नगरपालिका वडा नं १६ ले आर्थिक वर्ष २०८१र०८२ को वडागत कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक र सांस्कृतिक गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरेको छ । ५० हजार रुपैयाँको बजेटमा वडा भित्रका विद्यालयहरूमा अतिरिक्त कार्यक्रमहरू संचालन गरिएको थियो । कार्यक्रममा हाजिरी जवाफ, वक्तृत्वकला, हस्तलेखन र म्युजिकल चेयर प्रतियोगिताहरू समावेश थिए । हाजिरी जवाफमा मावि भोर्ले प्रथम, मावि चिलाउने द्वितीय र मावि भोर्ले तृतीय भए । वक्तृत्वकला प्रतियोगितामा सावित्रा राई मावि चिलाउने प्रथम, करुणा राई मावि भोर्ले द्वितीय र सम्झना बिक चिलाउनें तृतीय, भए । यस प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका २१ जना विद्यार्थीहरूले भाग लिएका थिए । हस्तलेखन प्रतियोगितामा कमला मगर मावि भोर्ले प्रथम, बिमिसा तामाङ द्वितीय र प्रतिमा मगर मावि भोर्ले तृतीय भए। यसमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले भाग...
एसियन लाइफ इन्स्योरेन्स गाईघाट शाखाद्वारा मृत्यु दाबी भुक्तानी

एसियन लाइफ इन्स्योरेन्स गाईघाट शाखाद्वारा मृत्यु दाबी भुक्तानी

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २० । एसियन लाइफ इन्स्योरेन्सको गाईघाट शाखाले एक बाल भविष्य जीवन बीमा योजना अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ। खोटाङको बराहपोखरी–४ निवासी स्व. अनिशा राईकी आमा संगिता राईलाई कार्यालयमै शाखा प्रमुख मेनुका खत्रीले रु. २,४४,९९५ को चेक हस्तान्तरण गरेकी हुन् । अनिशा राईको नाममा २०७६ साल भदौ ८ गते २ लाख रुपैयाँको १५ वर्षे जीवन बीमा गरिएको थियो। छोरीको भविष्यको लागि आमाले गराएको यो बीमाको किस्ता नियमित रूपमा भुक्तानी गरिँदै आएको थियो। तर २०७९ साउन १ देखि अनिशाको स्वास्थ्यमा समस्या देखिएको र उपचारका क्रममा २०८१ वैशाख २० गते उनको निधन भएको थियो। शाखा प्रमुख मेनुका खत्रीका अनुसार जोखिम प्रारम्भ भइसकेको कारण पूरै बीमाङ्क र बोनस सहितको रकम भुक्तानी गरिएको हो।...
उदयपुरमा १७ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

उदयपुरमा १७ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ २० । उदयपुरमा १७ औं राष्ट्रिय पुस्तकालय दिवस र २१ औं संघम सामुदायिक पुस्तकालयको साधारण सभा भव्यताका साथ मनाइने भएको छ। भदौ २२ गते (शनिबार) त्रियुगा नगरपालिका–११ स्थित संघम सामुदायिक पुस्तकालयमा आयोजना हुने कार्यक्रममा (काठमाण्डौँ स्कुल अफ ल) का कार्यकारी निर्देशक प्रा.डा. युवराज संग्रौला प्रमुख अतिथिको रूपमा सहभागी हुने जनाइएको छ। कार्यक्रममा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषयमा वृहत बहस हुनेछ। साथै संगित लगायतका नृत्य प्रस्तुति, वक्तृत्वकला, निबन्ध तथा कविता वाचन जस्ता सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको छ। यस अवसरमा पुस्तकालय प्रेमी तथा जिल्ला प्रहरी कार्यालयका पूर्व प्रमुख एसपी रमेश थापालाई विशेष सम्मान गरिने कार्यक्रम रहेको छ।  ...
उदयपुरमा आदिवासी जनजाति महासंघको कार्यविभाजन सम्पन्न

उदयपुरमा आदिवासी जनजाति महासंघको कार्यविभाजन सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २० । नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल उदयपुर जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक बुधबार सम्पन्न भएको छ। बैठकले जिम्मेवारी बाँडफाँड, सचिवालय गठन लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ। अध्यक्ष राजकुमार राई कोयुले पेश गरेका आठ वटा प्रस्तावमाथि छलफल गरी बैठकले विभिन्न निर्णयहरू लिएको छ। बैठकले सात वटा विभाग गठन गरेको छ, जसमध्ये संगठन विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष राईले नै लिएका छन्। अन्य विभागहरूमा आर्थिक तथा योजना विभागमा पर्शुराम चौधरी, महिला, युवा तथा खेलकुदमा तारा जोशी, प्रचार–प्रसार तथा प्रकाशनमा हेमबहादुर तामाङ, स्कुल, तालिम तथा प्रशिक्षणमा राजु तुलाधर, घटक संगठन समन्वय तथा परिचालनमा उदय भुजेल र कला, संस्कृति, मातृभाषा संरक्षण विभागमा तारा मगरले प्रमुखको जिम्मेवारी पाएका छन्। बैठकले १७ सदस्यीय जिल्ला कमिटी सचिवालय गठन गरेको छ। साथै,...
पिपलचोकमा मेयर वस्नेत सहित ३७ जनाले गरे रक्तदान

पिपलचोकमा मेयर वस्नेत सहित ३७ जनाले गरे रक्तदान

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १९ भदौ । गाईघाट पिपलचोकमा त्रियुगा नगरपालिकाको नगर प्रमुख बसन्त बस्नेत सहित ३७ जनाले रक्तदान गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ६२ औँ स्थापना दिवसको अवसर पारी रक्तदान कार्यक्रम गरिएको हो । रेडक्रस सोसाईटी उदयपुरका सभापति मदनराज कटुवालका अनुसार हाल नगरवासीहरुलाई निशुल्क रगत प्रदान गर्ने अभियान चलिरहेको छ । उक्त अभियानमा रक्तदान गर्ने ब्यक्तिहरु उत्साहितका साथ जोडिरहेको अवस्था छ । बुधबार ७ बजेदेखी पिपलचोकमा रक्तदान कार्यक्रम राखिएका थिए । आयोजक नेपाल रेडक्रस सोसाईटी त्रियुगा नगरपालिका (ख) र नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाको प्राविधिक सहयोगमा रक्रदान भव्य गरिएको अध्यक्ष कटुवालले जनाए । रक्तदान जिवन दान भन्ने पुरानो नारालाई आत्मासाथ गर्दै निशुल्क रगत उपलब्ध गराउने अभियानलाई सफल पार्न यस रक्तदान कार्यक्रमले थप टेवा पुग्ने कटुवालको भनाई छ । त्रियुगा नगरपालिका र रेडक्रस सोसाईटी ...
उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १९ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ जलजला बस्ने वर्ष २३ का सविन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्ने क्रममा बुप्रिनोर्फिन–९ एम्पुल, फेरानागन–६ एम्पुल, डाइजेपाम–९ एम्पुल गरी जम्मा २४ एम्पुल र २२ ट्याब्लेट नाइट्राभेट प्रतिबन्धित लागू औषध सहित राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा कोशी प्रदेशको सञ्चार विधेयक मस्यौदामा व्यापक छलफल र सुझाव संकलन

उदयपुरमा कोशी प्रदेशको सञ्चार विधेयक मस्यौदामा व्यापक छलफल र सुझाव संकलन

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १९ । उदयपुरमा कोशी प्रदेश सरकारले आम सञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनाएको विधेयक मस्यौदामा व्यापक छलफल तथा सुझाव संकलन गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा आज  सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र उदयपुर जिल्ला शाखाको समन्वय रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारी उपस्थित थिए भने सभाध्यक्षता नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले गरेका थिए। सहभागीहरूले विधेयकको नाम परिवर्तन, विज्ञापन वितरण प्रणाली, पत्रपत्रिका र अनलाइन मिडियाको वर्गीकरण, दर्ता प्रक्रिया लगायतका विषयमा विभिन्न सुझावहरू दिएका थिए। मन्त्री अधिकारीले सञ्चार प्रतिष्ठान ऐनको नामाकरण र व्यवस्थामा थप छलफल गर्नुपर्ने बताए। उनले पत्रकारको हक, हित र जिम्मेवारीको सन्तुलन खोज...
उदयपुरमा लागूऔषध सहित एक जना पक्राउ

उदयपुरमा लागूऔषध सहित एक जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १७ । उदयपुरमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बासबारी निवासी ३० वर्षीय दिपक मल्लिक रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ९डिएसपी० राजन चापागाईंका अनुसार, गत शनिबार प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा मल्लिकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले मल्लिकको साथबाट बुप्रिनोर्फिन–८ एम्पुल, प्रोमेथजिन–७ एम्पुल, डाइजेपाम–८ एम्पुल गरी जम्मा २३ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको डिएसपी चापागाईले बताए । पक्राउ परेका उनको सम्बन्धमा जिल्लाअदालतबाट म्याद थप गरी आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...