
पूर्णपुष्टि, १ असोज ।
त्रियुगा नगरपालिका वडा नं १६ ले आर्थिक वर्ष २०८१र०८२ को वडागत कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक र सांस्कृतिक गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरेको छ । ५० हजार रुपैयाँको बजेटमा वडा भित्रका विद्यालयहरूमा अतिरिक्त कार्यक्रमहरू संचालन गरिएको थियो ।
कार्यक्रममा हाजिरी जवाफ, वक्तृत्वकला, हस्तलेखन र म्युजिकल चेयर प्रतियोगिताहरू समावेश थिए । हाजिरी जवाफमा मावि भोर्ले प्रथम, मावि चिलाउने द्वितीय र मावि भोर्ले तृतीय भए । वक्तृत्वकला प्रतियोगितामा सावित्रा राई मावि चिलाउने प्रथम, करुणा राई मावि भोर्ले द्वितीय र सम्झना बिक चिलाउनें तृतीय, भए । यस प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका २१ जना विद्यार्थीहरूले भाग लिएका थिए ।
हस्तलेखन प्रतियोगितामा कमला मगर मावि भोर्ले प्रथम, बिमिसा तामाङ द्वितीय र प्रतिमा मगर मावि भोर्ले तृतीय भए। यसमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले भाग लिएका थिए । यता म्युजिकल चेयर प्रतियोगितामा सुशिल तामाङ मावि आहाले प्रथम, अनिस रोका मावि चिलाउने द्वितीय र बिनिसा तामाङ ब्यङ्री तृतीय भए ।
यसैगरी, बालबालिका लक्षित कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ बराबरको शैक्षिक सहयोग पनि वितरण गरिएको छ । जसमा स्नातक तहका ४ जना विद्यार्थीलाई जनही ५ हजार, कक्षा ११(१२ का विद्यार्थीहरूलाई ३,५०० का दरले रु ५२ हजार र कक्षा ९(१० का विद्यार्थीहरूलाई १ हजार बराबरको स्टेशनरी सामग्री वितरण गरिएको छ । वडा सचिव महेश खनालका अनुसार जम वडाका ९७ जना विद्यार्थीहरुलाई आर्थिक सहयोग गरिएको हो ।
बाल अक्षय कोषको १ वर्षको ब्याज ५२ हजार रुपैयाँबाट कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरणका साथै हाजिरी जवाफ र सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । नगरपालिका स्तरीय सांस्कृतिक कार्यक्रममा मावि चिलाउने प्रथम र माविभोर्ले द्वितीय भएका छन् ।
यी सबै कार्यक्रमहरूले विद्यार्थीहरूको बौद्धिक र सांस्कृतिक विकासमा योगदान पुर्याउनुका साथै उनीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। कार्यक्रम चिलाउने माविको प्राङगणमा भएका थिए ।

