Monday, April 20News That Matters

सहकारी ठगीमा मुछिए कांग्रेस उपसभापति गुरुङ

पूर्णपुष्टि, भाद्र ३१ । कांग्रेस उपसभापति धनराज गुरुङ र उनकी पूर्व श्रीमती ज्योति ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा मुछिएका छन्। सहकारी संस्थाका सञ्चालकहरूले दिएको उजुरीपछि संसदीय छानबिन विशेष समितिले स्थलगत अध्ययन गरेको थियो।

समितिका सदस्यहरूका अनुसार यो विषय गम्भीर छ र गुरुङ दम्पतीबीचको सम्बन्धविच्छेदको उद्देश्यमाथि पनि प्रश्न उठेको छ। सहकारीका अध्यक्षले कानुनी दायित्वबाट बच्नका लागि मात्रै धनराजले कागजी सम्बन्धविच्छेद गरेको दाबी गरेका छन्। गुरुङ दम्पतीले २०७६ फागुनमा सम्बन्धविच्छेद गरे पनि २०७७ फागुनमा सहकारीबाट ऋण लिँदा धनराजले हकवालाका नाममा ज्योतिकै नाम लेखेको पाइएको छ। यद्यपि, संसदीय समितिको कार्यादेशमा मितेरी सहकारीको नाम नभए पनि यस विषयमा अनुसन्धान गर्न राज्यका निकायलाई लेखी पठाउने भएको छ।