Monday, April 20News That Matters

आजको मौसम : केहि स्थानमा भारी बर्षाको सम्भावना

पूर्णपुष्टि, भाद्र ३१ । देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालमा वर्षाको सम्भावना बढेको छ।

विभागले जारी गरेको मौसम बुलेटिन अनुसार, आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षाको पनि पूर्वानुमान गरिएको छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कोशी प्रदेशका तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको चेतावनी दिइएको छ। यस्ता क्षेत्रमा बाढी, पहिरो तथा भू–क्षयको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।