Sunday, April 19News That Matters

त्रियुगा नगरपालिकामा नगर अस्पताल सञ्चालन

पूर्णपुष्टि, ३ असोज ।

त्रियुगा नगरपालिकाले आफ्नो ५ नम्बर वडामा नगर अस्पताल सञ्चालनमा ल्याएको छ । बिहीबार नगर प्रमुख बसन्त बस्नेतले अस्पतालको औपचारिक उद्घाटन गरेसँगै अस्पताल सेवा शुरु भएको हो ।
५ शय्याको यस अस्पतालमा एमबिबिएस डाक्टर अनिल आचार्य सहित १६ जना कर्मचारीहरु खटाइएका छन् । नगर प्रमुख बस्नेतका अनुसार वडा नं ५ को स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको रूपमा विकास गरिएको हो ।


अस्पतालले प्रसूति सेवा, खोप, आकस्मिक सेवा, फार्मेसी, प्रयोगशाला, भिडियो एक्स(रे लगायतका सेवाहरू प्रदान गर्नेछ। स्थानीय सरकारले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी यो अस्पताल निर्माण गरेको नगर प्रमुख बस्नेतले बताए ।
अस्पताल सञ्चालन समितिमा बसन्त बस्नेत अध्यक्ष, महेश्वरी राई उपाध्यक्ष, बिष्णुभक्त सिग्देल, उद्धव कुमार थापा, तनुकलाल चौधरी, चीन बहादुर राई, लक्ष्मी थापा र किरण कुमार कार्की सदस्य तथा डा। अनिल आचार्य सदस्य सचिव रहेका छन् ।
यस अस्पतालले त्रियुगा नगरपालिकाका बासिन्दाहरूलाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।