नयाँ संञ्चालक सँगै गाईघाटको पुष्पाञ्जली शिशुबाटिकामा नियमित पठनपाठन सुरु
पूर्णपुष्टि, १६ भदौ ।
गाईघाटको पुष्पाञ्जली शिशुबाटिकामा नियमित पठनपाठनको काम सुरु भएको छ । संञ्चालकहरुको लापर्वाहीका कारण रोकिएको पठनपाठन पून ः संञ्चालनमा आएको हो । विद्यालयमा नयाँ संञ्चालक आए सँगै पठनपाठनमा नियमित भएको हो । गाईघाटको पुराना र नाम चलेको बोर्डिङमा पुराना संञ्चालकहरुको मुख ताकाताकमा पठनपाठन गुमनाम भएको थियो । पछि विद्यार्थीहरुको भबिष्यलाई मध्यनजर गर्दै तत्काल नयाँ संञ्चालकले विद्यालयलाई संञ्चालन गरेका थिए ।
पठनपाठन भएपछि अभिभावक र विद्यार्थीहरुमा खुसी छाएको छ । पठनपाठन अवरोधका कारण निराश बनेको विद्यार्थी अभिभावकहरुले विद्यालयप्रति खुसी ब्यक्त गर्दै अब समस्या नबनाउन अनुरोध गरे । कुनै समय निजि शिक्षा क्षेत्रमा राम्रो कब्जा जनाएको यस बोर्डिङमा अझै पनि अभिवावक विद्यार्थीहरुको ठुलो विश्वास छ । नयाँ संञ्चालकहरुले विद्यालयको अवस्थालाई मध्यनजर गर्दै भौतिक संरचना र आवश्यक सामा...









